काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो । छापावाल सुनको मूल्य तोलाको ७८ हजार १सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसदिन सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार सुन तोलाको ७७ हजार ६ सय रुपैयाँ थियो ।
यही फागुन ६ गते यता नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बनिरहेको हो । शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७७ हजार ८ सय कायम भएको छ । यसदिन चाँदीको मूल्य भने तोलाको ९ सय १५ रुपैयाँमा स्थीर रहेको जनाइएको छ ।