भवानी अधिकारी
स्याङजा, ६ फागुन ।
पुतलीबजार नगरपालिकाले अन्तर बिद्यालय नगर स्तरीय मेयर कप खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा आयोजित प्रतियोगिताको उदघाटनगर्दै संघीय सांसद नारायणप्रसाद मरासीनीले आधारभूत तहदेखि नै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिदै खेल मार्फत देशको समृद्धी हासिल गर्न सकिने बताएका थिए । खेलकुदका लागि स्वस्थ्य मन र तन आवश्यक पर्नेमा जोड दिदै सांसद मरासीनीले खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश बिधायन समिति सभापति मोहन रेग्मी, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नेकपा सचिवालय सदस्य विश्व पौडेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राप्रपाका जयनारायण श्रेष्ठ, पूर्व जिविस सभापति रामबहादुर थापा, मातृभूमि माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धु्रवराज अधिकारी लगायतले कितावी ज्ञानसंगेै खेलकुदको पनि आवश्यक पर्ने बताउदै खेललाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।
पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं सामाजिक विकास समितिका संयोजक शेषराज ढकालले संचालन एवं प्रशासन अधिकृत ताराचन्द्र ढकालले संचालन गरेका थिए ।
उदघाटन कार्यक्रममा पाणिनी गुरुकुल आश्रमका बिद्याथीबाट स्वस्तीवाचन र बिभिन्न बिद्यालयद्धारा स्वागत गीत एवं नृत्य प्रस्तुत गरेका थिए । फागुन ८ गतेसम्म संचालित प्रतियोगितामा भलिवल, दौड, रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सर्टफुट, क्रिकेट लगायत बिभिन्न २३ बिधाका खेल हुने भएको नगरपालिकाले जनाएको छ ।