स्याङ्जा, ६ फागुन ।
समाजमा चोरीका अनेकौं किसिमका घटना हुने गरेका छन् । पसलको ताल्चा फुटाएर धनमाल लुट्ने, महिलाहरुले लगाएको गर गहना लुटपाट गरी चोरी गर्ने जस्ता सुन पैसा लुटपाट र चोरीका घटना सामान्य चोरीका घटनाहरु प्रशस्त सुन्न र भेटिने गरेका थिए ।
तर पछिल्लो समय चोरी गर्ने यस्तोसम्म भेटिए पशु चौपाया भैसी चोरी को नौलो घटना वडा प्रहरी कार्यालय वालिङ मा अनुसन्धानको दायरामा रहेको छ । गत फागुन ३ गते राती भीरकोट १ बस्ने तेजबहादुर केसीको गोठवाट २ बर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको गोठवाट ७ बर्षको लहिनो भैसी गायव भएपछि सम्वन्धित पशुधनीले प्रहरीमा उजुरी दिएका थिए । भैसी चोरी भएको उजुरी प्रहरीमा आएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जिप सहित दुई जनालाई पक्राउ गरी उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ ।
भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जिपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । ग १ ज ५८४१ नम्वरको जिपमा भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले सोधनी पुछनी गरेपछि भैसी किनेर ल्याएको खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ ।
तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा निजहरुले आफ्नो बताएपछि जिप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
प्रहरीले भैसी चोरको घटनामा संलग्न भएका दुबैजनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । दुई तिनबर्ष अगाडी देखि भैसी चोरीको घट्ना हँुदै आएको खुलेको छ प्रहरी निरिक्षक घिमिरेले भने,“चोरीको घट्नामा अन्य व्याक्तिहरु पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” भैसी चोरी गर्ने घट्नामा ठूलै गिरोहको संलग्नता भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
भैसी चोरीको घट्ना भने स्याङ्जामा यो पहिलो हो । मानिसले भैसी हराएको मानेका कारण पनि खासै यस्तो घटना बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्त रहेको छ । अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ । भैसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए ।
चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । नीज चोरीमा संलग्नलाई सोही अनुसारको मुद्धा चलाइएको वडा प्रहरी कार्यालयका मुद्धा शाखा प्रमुख तथा प्रहरी नायव निरिक्षक युवराज चन्दले जानकारी दिए ।
समाजमा व्यप्त यस्ता घटना र शान्ति सुरक्षाको विषयमा प्रहरीको पछिल्लो सक्रियताको वारेमा स्थानीयले भने खुसि व्यक्त गर्न थालेका छन् । वडा प्रहरी कार्यालय वालिङले यतिवेला यस्ता खालका घटना थाहा पाउने वित्तिकै वढाएको सक्रियताले सफलता प्राप्त गर्नुले आम नागरिकमा प्रहरी प्रतिको विश्वास वढदै गइरहेको देखिएको छ ।
कारवाहिको माग ः भैसी चोर्ने व्याक्ति प्रहरीले पक्राउ गरेपछि चोरालाई कडा भन्दा कडा कारवाहिको माग गर्दै प्रहरी निरिक्षक निरन्जन घिमिरे सगँ स्थानीयहरु । भीरकोट १ र २ का सबै स्थानीयहरु वडा प्रहरी कार्यालय पुगेका थिए ।