चापाकोट, २५ माघ ।
नेपाल शिक्षक संघ नगर कार्य समिति चापाकोट स्याङ्जाले दोश्रो प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम गरेको छ । नेपाल शिक्षक संघ नगर कार्य समिति चापाकोटले आज सुन्तलीटारमा एक कार्यक्रमका विच सभा सम्पन्न गरेको हो ।
नेपाल शिक्षक संघ नगर कार्य समितिका अध्यक्ष अर्जुन कुमार खाँणको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरी रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शिव कुमार गिरीले शिक्षकहरुनै राष्ट्र निर्माणका कालीगड रहेको कुरा बताएका थिए । उनले भने, ‘चापाकोट नगरपालिकामा आफू नगरप्रमुख भएर आइसकेपछि शिक्षा क्षेत्रमा ठुलो उपलब्धि भएको हुँदा शिक्षकहरुले पनि आफूलाई साथ दिन आग्रह गरेका थिए।’
शिक्षक संघ नगर कार्य समितिका उपाध्यक्ष श्रीधर न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रममा ने का स्याङ्जा क्षेत्र नं २ ९ख० का सभापति हरिबाबु पोखरेल, ने का चापाकोट नगर उपसभापति ज्ञानेश्वर बस्ताकोटी, चा न पा वडा नं ५ का वडाध्यक्ष ईन्द्र बहादुर शाही, शिक्षक महासंघ जिल्ला सदस्य मित्रलाल डोटेल, शिक्षक संघ संघिय प्रतिनिधि गीतानाथ खनाल, गण्डकी प्रदेश अर्थ सचिव गायत्री आचार्य, लगायतले आफ्ना भनाई राखेका थिए ।
अध्यक्ष अर्जुनकुमार खाँणबाट कार्यक्रमको औचित्य र उद्देश्यको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा शिक्षक सेवा आयोगले पछिल्लो समयमा संचालन गरेको आन्तरिक तथा खुला परिक्षाबाट स्थायी भई चापाकोट नगरपालिकामा नियुक्ति भएका शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
श्रीधर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक संघ नगर सचिव रघुनाथ भट्टराई र रामचन्द्र भट्टराईले गरेका थिए ।