काठमाडौं, १७ माघ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गर्न सरकार समक्ष अनुरोध गरेका छन् । वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कयौको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख ब्यक्त गरेका छन् ।
सभापति देउवाद्धारा शुक्रवार जारी विज्ञप्तीमा यसवाट हजारौं संक्रमित भएको र कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति नेपाली काँग्रेसका तर्फवाट समवेदना व्यक्त गरेका छन् । ‘साथै भाइरस नियन्त्रणका लागी चिन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंशा गर्दछु ।’ विज्ञप्तीमा उल्लेख छ ।
अन्तराष्ट्र्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठनद्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे देउवाले सजग गराएका छन् ।
नेपाल देशले राख्नु पर्ने सतर्कतामा कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न देउवाले नेपाली कांग्रेसका तथा सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ ।