चापाकोट, १५ माघ ।
चापाकोट नगरपालिकामा गत माघ ११ गतेवाट सुरु भएको मेयर कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले गरेका थिए ।
पुरस्कार वितरण तथा मेयर कपको समापन गर्दै नगर प्रमुख गिरीले खेलाडी भएको समाज अनुशासित र ब्यबस्थीत हुने वताएका थिए । मानव स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि समेत खेलकुद आवश्यक छ भन्दै नगर प्रमुख गिरीले प्रतियोगितालाई हार जितको रुपमा नलिन खेलाडि संग आग्रह गरेका थिए । आगामी दिनमा मेयर कपलाई खेल महोत्सवका रुपमा अघि बढाइने वताउदै उनले खेलका माध्यमबाट समृद्ध चापकोट नगरपालिका बनाउने अभियानमा लाग्न आह्वान गरे।
चापाकोट नगरपालिका भित्र भौगोलिक हिसावले विकट रहेका क्षेत्रहरुको विकासमा नगरपालिकाले प्राथमिकताका आधारमा कामहरु अगाडी सारेको वताउदै भन्ने र सोच्ने वित्तिकै विकास सम्भव नभएपनि विस्तारै विकासले फड्को मार्ने बताउदै धैर्य रहन नगरवासीलाई आग्रह गरेका थिए ।
मेयरकपमा पुरुष भलिबल तर्फ वडा नम्बर ५ प्रथम, वडा नम्बर १ दित्तिय र वडा नम्बर ४ तृतिय भएका छन् । विजेता टिमले क्रमश ५२ हजार, ३२ हजार र २२ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै गरी महिला भलिबल तर्फ वडा नम्बर ४ प्रथम, वडा नम्बर १० दोस्रो र वडा नम्बर ९ तेस्रो भएका छन । विजेता समूहले क्रमश ५२ हजार, ३२ हजार र २२ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
त्यस्तै व्याड्मिन्टन तर्फ वडा नम्बर २ प्रथम, वडा नम्बर ५ दोस्रो र वडा नम्बर ४ तेस्रो भएका छ्न् ।डेलो हान्नी तर्फ वडा नम्बर ४ का प्रदीप गिरि प्रथम, वडा नम्बर १० का जित बहादुर थापा दोस्रो र वडा नम्बर ५ का गोपाल मानन्धर तेस्रो भएका छन् । त्यस्तै महिला डेलो तर्फ वडा नम्बर १० को कामना भण्डारी, वडा नम्बर ३ की सबिता खाण दोस्रो र बिपना बिक तेस्रो भएकी छन् ।
भने रसि तान्ने पुरुष तर्फ वडा नम्बर २ प्रथम, वडा नम्बर ४ दोस्रो र वडा नम्बर १० तेस्रो भएका छ भने महिला तर्फ वडा नम्बर ३ प्रथम, वडा नम्बर ५ दोस्रो भएको छ।
चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष प्रविण गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ, वडा नम्बर ५ का अध्यक्ष ईन्द्र शाही , नगर सल्लाहाकार ज्ञानेश्वर बस्ताकोटि, वडा नम्बर १० का अध्यक्ष रामु कोइराला लगाएतले खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मेयर कपमा पुरुष तथा महिला भलिवल, पुरुष तथा महिला डोरि तान्ने, डेलो, व्याटमिन्टन एवम् स्थानीय कौडा नाच आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष प्रविण गिरिले जानकारी दिए ।
नगर खेलकुद विकास समितिका उपाध्यक्ष धिरज खाणको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दयाराम भण्डारीले गरेका थिए ।