स्याङ्जा, ९ माघ ।
सरकारले २०२० लाई नेपाल भ्रमण बर्षको शुभारम्भ गरेसगै बेल्जियममा रहेका नेपालीहरुले प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
युरोप यात्रामा आएका स्याङ्जा निवारी कलाकार खुमन अधिकारी, गायीकाद्वय रमिला न्यौपाने र भिमु गुरुङको साथमा बिन खातीले भ्रमण बर्षलाई लक्षित राखेर गोधुली सन्ध्या चलाएको स्याङ्जा समाज बेल्जियम परिवारका महासचिव हुमनाथ पाण्डेले जानकारी दिए ।
बेल्जियमको आन्तवेरपेन शहरमा यो कार्यक्रम आयोजना गरिएको थियो । नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरिएको थियो महासचिव पाण्डेले भने,“नेपाल बाहिर रहेको नेपालीहरुको पनि भ्रमणबर्षलाई सफल बनाउने दायीत्य हो ।” देशको मात्रै नभएर आफ्नो गृह जिल्ला स्याङ्जाको पनि धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न यो कार्यक्रम गरिएको उनले भने ।
कार्यक्रमबाट उठेको रकमलाई स्याङ्जा लगायत मुलुकका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा खर्चिने आयोजकले जनाएका छन् । समाजले स्याङ्जाबाट बेल्जियम गएर बसोवास वा काम गर्दै आएका व्याक्तिको अफठ्यारोमा सहजिकरण गर्दै आएको छ ।
यस भन्दा अगाडी स्याङ्जाका युवक बेल्जियममा दुर्घट्नामा परेर निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग समाजले गरेको थियो । यस्ता कार्यक्रमले सरकारले लक्षित गरेको भ्रमण बर्षमा २० लाख पर्यटकहरु नेपाल भित्राउनेमा सघाउ पुग्ने विश्वास गरिएको छ । सरकारले पनि विदेशमा बस्ने नेपालीलाई भ्रमणबर्ष सफल बनाउन सहयोग गर्नु आवश्यक देखिन्छ ।