चितवन, ८ माघ ।
नेपाली कॉग्रेस को शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैत्रमा नेपालगञ्जमा हुने भएको छ । यहि माघ सात गते युनियनको चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैत्र २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बिधानत एउटा कार्यकाल तिनबर्ष को रहने प्राबधान रहेता पनि प्राबिधिक कारणले गर्दा समयमा महाधिवेशन हुन नसकिरहेको अबस्थामा यो कार्य समिति २०७१ साल को पोखरा महाधिवेशन बाट निर्वाचित भएर आएको थियो करिब दुइ बर्ष अगाडि कार्यकाल सकिएपनि महाधिवेशन हुन नसक्दा सर्बत्र आलोचित बनिरहेको लोकतन्त्र बादि पत्रकारहरुको छाता संगठन प्रेस युनियन चितवन बैठकमा महाधिवेशन को मिति तय भए संगै पत्रकारहरुमा एउटा नयॉ उर्जा थपिएको छ।
श्रम ऐन अन्तर्गत दर्ता भएको श्रमजीवी पत्रकारहरुको वकालत गर्ने उच्च गरिमा बोकेको र नेपालबाट आइ,एफ,जे को सदस्यता पाउने पहिलो संगठन नेपाल प्रेस युनियन हो। करिब करिब आठहजार जति साधरण सदस्य संख्या रहेको युनियनको आसन्न महाधिवेशन मा १५ सय जना प्रतिनिधिले भाग लिने छन।प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा रहेको युनियन को लगभग ८० प्रतिशत शाखाहरुको अधिबेशन संपन्न भइसकेको र बॉकि शाखाहरुको अधिबेशन यहि माघ मसान्त भित्र गरिसक्नु पर्ने र माघ मसान्तर भित्र अधिबेशन नगर्ने शाखाहरुले महाधिवेशन मा भाग लिन नपाउने निर्णय चितवन बैठकले गरेको छ।
नेपाल प्रेस युनियन का अध्यक्ष बद्रि सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गर्नुका साथै बिबादित जिल्लाहरु को बिबाद समाधानका लागि अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव अजय शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति पनि गठन गरेको छ बॉकि समितिहरु सचिबालयले तय गर्ने निर्णय गर्नुका साथै बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ ।
नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । चितवन मा संपन्न बैठक को उद्घाटन सत्रमा चितवन जस्तो पर्यटकिय ठॉउमा पर्यटन बर्ष २०२० को नारा सफल पारौं भन्ने नाराका साथ शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्य, महासङ्घका महासचिव रमेश विष्ट, युनियन चितवनका अध्यक्ष अनिल ढकालले लगायतका बक्ताहरुले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा राखेका थिए।