स्याङ्जा, २९ पौष ।
वलिदान स्मृति प्रतिष्ठान स्याङजाले सहिद बिजय ढकाल स्मृती सभा गरेको छ । पुतलीबजार नगरपालिका १४ स्थित ठूला पधेरामा आयोजित सभामा बोल्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले सहिदका योगदानका कारण अहिलेको स्थान प्राप्त गरेको बताउदै उहाले सहिदका बलिदानलाई कसैले पनि भुल्न नहुने बताएका छन् ।
कार्यक्रममा प्रकाश पौडेलले बिजय ढकालका मार्गलाई बिर्सन नहुने बताए । बलिदान स्मृति प्रतिष्ठानका अध्यक्ष दुर्गानारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरिप्रसाद ढकालले गरेका थिए ।