वालिङ, २८ पौष ।
वालिङ नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । सभामा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आर्थिक वर्ष २०७६/०७७ को संशोधित पूरक बजेट प्रस्ताव गरेकी थिइन् ।
गत असारमा सम्पन्न छैटौं नगरसभामार्फत स्वीकृत आय व्याय अनुमान बजेट ६५ करोड ६७ लाख ५७ हजार रहेकोमा सातौं नगर सभामार्फत १७ करोड ८ लाख ७९ हजार ५४ रुपैयाँ थप गरी कूल ८२ करोड २१ लाख ३६ हजार ५४ रुपैयाँको संशोधित आयव्याय विवरण प्रस्तुत गरिएको थियो ।
थप गरिएको बजेटहरुमा गतवर्षको अल्या ४ करोड २३ लाख ७२ हजार ५४ सहित सशर्त अनुदान १ करोड ४४ लाख ७ हजार, सडक बोर्ड नेपालबाट प्राप्त ४७ लाख, संघीय सरकार समपूरक अनुदानमार्फत १ करोड ६० लाख, संघीय सरकार विशेष अनुदानमार्फत ३ करोड ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानमार्फत १ करोड, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत ३ करोड ५४ लाख ६० हजार, पर्यटन पूर्वाधार विकासकालागि २५ लाख, गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत प्राप्त २७ लाख, औद्योगिक ग्राम निर्माण पूर्वाधार विकास कार्यक्रमका लागि ९२ लाख गरी कूल १७ करोड ८ लाख ७९ हजार ५४ रुपैयाँ थप संशोधित आयब्यय बजेट सार्वजनिक भएको हो ।
यसैबीच सातौं नगर सभाले वालिङ नगरपालिकाको स्थानीय बजार अनुगमन ऐन २०७६, वालिङ नगरपालिकाको संस्था दर्ता ऐन २०७६, वालिङ नगरपालिकाको पूर्वाधार ब्यवस्थापन ऐन २०७६ पारित गरेको छ भने वालिङ नगरपालिकाको शिक्षा ऐन र सहकारी ऐन परिमार्जनसहित पारित भएको छ ।
वालिङ नगरपालिकाको सातौं नगरसभाको आईतबार गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै रेग्मीले विकास निर्माणमा साझा जिम्मेवारी र धारणा बनाउनु आवश्यक रहेको बताए । राजनीतिभन्दा माथि उठेर विकास निर्माणको विषयमा आ–आफ्नो दायित्व सम्झेर जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
“जनताले राजनीतिक दलहरुबाट धेरै आशा र अपेक्षा राखेका छन” सभापति रेग्मीले भने, “जनताले राजनीतिक दलमाथि गरेको विश्वासलाई मर्न नदिन र विकास निर्माणसँगै समृद्धिको पाटोलाई उकास्नका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक छ ।”
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दीपक चर्तीमगरले निर्वाचनका बेला जनतामाझ गरिएका वाचाहरु पूरा गर्ने बेला आएको बताउँदै अब योजनाहरु जनमुखी र जनताले अपेक्षा गरे अनुसारका हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बाध्यता रहेकाले योजनाहरु छनौट गर्दा प्राथमिकताका आधारमा गर्न सुझाव दिएका थिए ।
नगर प्रमुख खाँणले वालिङ नगरपालिकालाई स्मार्ट नगरपालिकाकोरुपमा घोषणा गरी काम थालेको बताउँदै यसलाई पूरा गर्न समय लाग्ने भएकाले प्रदेश सरकार, संघीय सरकारले पनि आवश्यक सहयोग गर्न जरुरी रहेको बताए ।
जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले, वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख एवं सल्लाहकार लालचन्द्र गैह्रे, सल्लाहकार लक्ष्मीकान्त रेग्मीले वालिङ नगरपालिकालाई स्मार्ट सिटीकोरुपमा विकास गर्नका लागि सबै तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थि ।
हिउँदे नगर सभामा वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, वडा नं. १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठक, वडा नं. १४ का वडा सदस्य टेकबहादुर दर्लामी लगायतले सातौं नगरसभाले पारित गरेका ऐनहरुको कार्यान्वयनमा जोड दिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यस्तै नगरसभाले नगर सुशासन ऐन निर्माणका लागि नगर सभा सदस्य अर्जुनप्रकाश अर्यालको संयोजकत्वमा टेकबहादुर दर्लामी, मैना कोईराला, अरुणा झेडी र मनबहादुर गुरुङ सदस्य रहने गरी नगर सुशासन समिति गठन गरेको छ । नगरसभाले संगठन र ब्यवस्थापन ऐन ९इ ७ ः० बनाउने तयारी गरेको छ ।
नगर प्रमुख एवं नगरसभाका अध्यक्ष दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न सातौं नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले गर्नुभएको थियो गरेका थिए।