बिश्वप्रकाश भट्टराई
चापाकोट, २६ पौष ।
नेपाली काँग्रेसका यूवा नेता तथा संविधान सभा सदस्य राजु थापाले कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाट धामसम्मका थुप्रै धार्मिक आस्था र सम्भावनाको केन्द्रलाई समाप्त गर्ने हुँदा डाइभर्सन गर्न नदिने वताएका छन् ।
माघे सक्रान्तीको अवसर पारेर चापाकोट नगरपालिका स्थित केलादीमा आयोजित बृहत सांस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिताको शनिवार उद्घाटन गर्दै थापाले कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि भएकाले यसको महत्व र गरिमालाई जोगाइराख्ने वताएका छन् ।
धार्मिक, सांस्कृति, पर्यटकीय विकास संग जोड्दै यसको संरक्षणमा लाग्नुको सट्टा कसैको स्वार्थमा डाइभर्सन गर्न लागिएको आरोप लगाए । ‘कालीगण्डकी डाइभर्सन तिनाउँ को वहाना बनाएर छिमेकी देश भारत पुर्याउने षडयन्त्र भएको आरोप लगाउदै नेता थापाले यदी विरोधका बावजुद डाइभर्सन गर्न खोजे प्रतिकारमा उत्रने चेतावनी दिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका थापाले राजनीति भन्दा माथि उठेर देशको बिकास गर्ने बेला आएको बताउदै उनले वर्तमान सरकारले दुई तिहाईको दम्भका आडमा तान्डव नृत्य प्रर्दशन गरेको आरोप लगाएका थिए । कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको छ उनले भने, “सरकारको कमजोरीप्रति कांग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र र संविधान धरापमा परेको छ ।”
केलादीलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन माघे सक्रान्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।“आत्म साँची राखी मन, बचन र कर्मले सहयोग गरौं, लोपन्मूख कला संस्कृतिको जगेर्ना गरौं” भन्ने नाराका साथ ग्रामिण साहरा समाजको आयोजनामा कार्यक्रम शुरु भएको हो ।
कालीगण्डकी तटमा अवस्थित केलादीको धार्मिक महत्व दर्शाउन र चापाकोटको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै स्थानीय कला र संस्कृतिको प्रवर्धनका लागि कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका चापाकोट उपसभापति ज्ञानेश्वर बस्ताकोटी, महाधिबेशन प्रतिनिधी गुरुप्रसाद भट्टराई, नेपाल सरकारका पूर्व सहसचिव सूर्य श्रेष्ठ, चापाकोट नगरपालिका वाड नं १ का वडा अध्यक्ष टिकाराम तिवारी, वडा नं ८ का नवराज श्रेष्ठ, नेपाल विद्यार्थी संघका सभापती अजित क्षेत्री, क्षेत्रीय सभापती विश्वास लम्साल, नारायण दास लगायतले कालीगण्डकी डाइभर्सनको कु्राले कालीगण्डकी आसपासका जनतालाई तर्साएको हुँदा जस्तो सुकै परिस्थिती आइपरेपनि डाइभर्सन रोक्ने वताएका थिए ।
समाजका अध्यक्ष नारायण भण्डारीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन माधव भट्टराईले गरेका थिए । माघ १ गते सम्म सञ्चालन हुने कार्यक्रमको समापन चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले गर्ने कार्यक्रम रहेको छ ।