वालिङ, २५ पौष ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा भर्खर सरुवा भई आएका प्रहरी उपरीक्षक जनार्दन जिसीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि नागरिक र प्रहरीको समन्वयात्मक भुमिका आवश्यक पर्ने बताएका छन् ।
प्रहरी उपरीक्षक जिसीले शुक्रवार वडा प्रहरी कार्यालय वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका हिंशात्मक गतिविधिमा जनताले शान्ति सुरक्षाको अनुभुति हुने गरि काम गर्ने वताए ।
जिल्लामा हुने सबैखाले सुरक्षा चुनौतीको समाधानका लागि सबैको सकरात्मक सहयोग हुनुपर्ने बताउदै, जिल्लाका सबै खाले समस्या समाधान लगायत प्रहरी निकायबाट हुने कमीकमजोरीमा समेत आफु जिम्मेवारी पुर्बक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्याङ्जा जिल्लाको विगतको अपराधिक तथ्याङ्क हेर्दा एकातिर बलात्कार, ज्यान, लागूऔषध जस्ता परम्परागत अपराधहरूको चुनौतीहरु विद्यमान रहेको वताउदै प्रहरी उपरिक्षक जिसीले त्यसको न्यूनिकरणको लागि नागरीकका सचेतनाको आवश्यकता देखिएको बताएका छन् । प्रहरीले काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छ, उनले भने, ‘प्रहरी गलत दिशामा लाग्न खोज्यो भने खवरदारी गर्ने काम संचारमाध्यमको हुनुपर्दछ ।’
प्रहरी प्रशासनको एक्लो प्रयासले मात्र अपराध क्रियाकलापहरु रोक्न नसकिने बताउदै त्यसका लागि समुदायको सहयोग पनि अपरिहार्य हुने कुरामा जोड दिए। जनताको काम छिटो र छरितो गर्ने मातहतका सबै युनिटलाई निर्देशन गरेको जानकारी दिंदै कुनै पनि बहनामा सेवाग्राहीको कामकाज रोकिन नदिने वताए।
कार्यक्रममा सहभागी पत्रकारले जिल्लाको ट्राफिक ब्यवस्थापन, लागु औषधको बढ्दो प्रयोग, हिसां तथा चोरीका घटना, लगायतका सामाजिक अपराधका बिषयमा प्रहरी गम्भीर बन्न आग्रह गरेका थिए । वालिङमा भएका प्रहरी गतिविधिहरुको सूचना प्राप्त गर्न पत्रकारलाई असहज भइरहेको हुँदा वडा प्रहरी कार्यालय मार्फत पनि सूचना दिने व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखलाई पत्रकारले आग्रह गरेका थिए ।
कार्यक्रमको संचालन वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरञ्जन घिमिरेले गरेका थिए ।