चापाकोट, २४ पौष ।
माघे सक्रान्तीको अबसरमा चापाकोट नगरपालिका स्थित केलादीमा बृहत सास्कृतिक कार्यक्रम र भलिवल प्रतियोगिता सुरु हुदैछ ।
आत्म साँची राखी मन, बचन र कर्मले सहयोग गरौं, लोपन्मूख कला संस्कृतिको जगेर्ना गरौं भन्ने मुल उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको आगामी शनिवार नेपाली काँग्रेसका यूवा नेता तथा संविधान सभा सदस्य राजु थापाले उद्घाटन गर्ने आयोजक संस्था ग्रामिण साहरा समाज चापाकोटले जानकारी दिएको छ ।
केलादी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक साहरा समाजका संयोजक नारायण गौतमले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ र हिन्दुहरुको पर्व माघे सक्रान्तीको अवसर पारेर भलिवल प्रतियोगिताका सार्थ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती सहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
कालीगण्डकी तटमा अवस्थित केलादीको धार्मिक महत्व दर्शाउन र चापाकोटको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र स्थानीय कला र संस्कृतिको प्रवर्दनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको चापाकोट नगरपालिका सल्लाहकार विश्वास पुरीले जानकारी दिए । उनका अनुसार माघ १ गते सम्म सन्चालन हुने कार्यक्रमको समापन चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले समापन गर्ने कार्यक्रममा जिल्ला भित्रका झण्डै पाँच हजार दर्शक भित्राउने लक्ष रहेको जानकारी दिए ।