चापाकोट, २० पौष ।
चापाकोटमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्नका लागि स्थानीय विष्णु काफ्लेको अध्यक्षमा निर्माण समिति गठन गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ मा बसेको भेलाले काफ्लेको अध्यक्षतामा निर्माण समिति गठन गरिएको हो ।
स्वास्थ्य केन्द्र निर्माण समितिको भेलालाई सम्बोधन गर्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले चापाकोटको स्वास्थ्य मानव जीवनको नैसर्गिक अधिकार भएको र त्यसको व्यवस्थापनमा नगरपालिका लागि परेको कुरा बताए । नगर प्रमुख गिरीले स्वास्थ्य मान्छेले देश विकास निर्माण तथा स्वास्थ्य बच्चा र जनशक्ति उत्पादन गर्न सक्ने बताउदैँ त्यो महान अभियानमा हामी सबै मिलेर अगाडी बढ्नु पर्ने कुरा बताएका थिए ।
दैनिक रुपमा आफ्नो स्वास्थ्यलाई ध्यान दिएर काम गर्न समेत नगरबासीलाई आग्रह गरेका थिए ।भेलाले बिष्णु काफ्लेको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष टोपलाल न्यौपाने, सचिव सागर अर्याल, कोषाध्यक्ष सिर्जना वोस्ती सदस्यहरुमा ठग बहादुर थापा, रामभक्त भट्टराई, देवी माया पौडेल रहेका छन् ।
चापाकोट नगरपालिका वडा नं ८ का वडाअध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव गंगा विकले सन्चालन गरेका थिए ।
चापाकोट नगरपालिकाका वडा न.३, ४ र ८ मा शसर्त अनुदान ३८ लाखका दरमा ४ कोठाका भवन निर्माण हुनेछन । यसै कार्यक्रम अन्र्तगत आधारभूत स्वास्थ्य केन्द्र चापाकोट नगरपालिका वडा नम्बर ८ को भवन निर्माण समिति गठन गरिएको हो ।