भवानी अधिकारी / स्याङजा
पुतलीबजार नगरपालिका १ मालेवगरमा संचालित छैठौं स्याङ्जा महोत्सव बुधवारबाट सकिएको छ । महोत्सव पूर्ण सफलता सहित भब्यरुपमा समापन गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यल १३ दिनअघि महोत्सबको आयोजना गरेको हो ।
पुस ४ गतेबाट संचालित महोत्सबको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले जिल्ला र नगर अन्र्तगत झण्डैं ३६ स्थानमा संचालन भएका महोत्सवले आर्थिक एवं सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने हुदा मेला महोत्सवको आवश्यकता औल्याए । बढ्दो बैंक ब्याजका कारण धेरै ब्यवसायी मार्कामा परेको बताउदै उनले सरकारले ब्यवासायीलाई लगानी गर्ने वातावरण बनाउनु पर्ने बताए ।
कार्यक्रममा पुतलीबजार उपप्रमुख महेश पुरी, नेकपाका अध्यक्ष सुरज गैहै पारस, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष मोतीप्रसाद पौडेल, स्याङजाका पूर्व अध्यक्ष सुवेदार कृष्णमान श्रेष्ठ, वालिङ नगर उद्योग वाणिज्य संघका महासचिव केशरवहादुर खाँण धुव, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङजा रेडियो एवं टेलिभिजनका अध्यक्ष अनन्तराज मरासीनी, रोयल कोअपरेटिभका प्रवन्धक केशव लम्साल, प्रगतीनगर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भिमप्रसाद श्रेष्ठ र पत्रकार प्रकाश डोटेलले गरेका थिए ।
स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित छैटौ महोत्सव सुरु भएको हो । कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरिय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सबका आकर्षण थिए ।
महोत्सबमा बिभिन्न बिधाका प्रतियोगिताका बिजयी, बिद्यालय, टोलविकास संस्था, धार्मिक संघ संस्था, बिभिन्न जातजाती, ब्यवसायी, कर्मचारी, उद्यमी, कलाकार, युवा कृषक, लाई नगद एवं सम्मान गरिएको थियो ।
महोत्सबमा बाल उद्यान, कृषि, फेन्सी, भाडा, कृषि औजार, मोटरसाइकल, खाद्यान्न, होटल, लगायतका २ सय स्टल राखिएका थिए । महोत्सववाट नाफा रकम सदरमुकाममा सीसी क्यामरा जडानमा खर्च गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।