OLYMPUS DIGITAL CAMERA
काठमाडौं – जाडोको मौसममा सजिलै पाइने कन्दमुल हो सखरखण्ड । खाँला निकै मिठो हुने सखरखण्डले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । आलु जस्तो लामो लामो सखरखण्डमा भिटामिन ए ,सि , क्यालोरी , प्रोटिन ,फाइबर ,मिनिरल्स र एन्टीअक्सिडेट प्रशस्त पाइन्छ ।
पौष्टिक तत्व हुने सखरखण्ड खानाले हाम्रो स्वास्थ्यलाई धेर्रै फाइदा पुर्याउछ । यसको सेबनले जाडोमा शरीरलाई न्यानो बनाउँछ । यसको सेबनले छालामा चाउरीपन आउन दिदैन । छालामा चमक आउछ ।यसमा भिटामिन डी पाइने हुनाले यसको सेबनले हाड, दाँत, नशा, छालालाई फाइदा पुर्याउछ ।
यसले मिर्गौंलालाई स्वस्थ राख्न सहयोग गर्छ । यसमा भिटामिन ए पनि पाइने हुनाले यसको सेबनले आँखा तेजिलो बनाउछ । यसको सेबनले मधुमेहका बिरामीका राम्रो हुन्छ । यसको सेबन गर्नाले रक्तचाप नियन्त्रण हुन्छ । यसले शरिरमा कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसले मानसिक तनाव कम गर्छ । यसमा एन्टीअक्साइडेट तत्व पाइन्छ जसले क्यान्सरको खतरा कम गर्छ ।