भवानी अधिकारी / स्याङजा
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पुतलीबजार नगरपालिकाले श्रब्यदृश्य सहितको गीती सामाग्री चिनारी लोकार्पण गरेको छ ।
नगरपालिकाका बिभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थललाई समावेश गरी बनाइएको गीती सामाग्रीको प्रतिनिधीसभा सदस्य नारायण मरासीनीवाट लोकार्पण गरिएको हो ।
लोकार्पण गर्दै सदस्य मरासीनीले पुतलीबजारको पहिचान बोकेको यस्ता सामाग्रीले नगरको विकासका लागि सहयोगी बन्नेमा जोड दिदै नेपाल भ्रमण बर्ष सफल बनाउन सबैको सहयोग आवश्यक रहने बताए ।
पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुश प्रशासकिय अधिकृकत रुद्रबहादु मल्लले स्वागत एवं लेखा अधिकृत ताराचन्द्र ढकालले संचालन गरेका थिए ।
गीती सामाग्रीमा लोक गायककार लोकनाथ सापकोटा र तारा पौडेलको लय रहेको छ भने पुतलीबजार नगरपालिकाका बिभिन्न ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको साक्षात्कार गराइएको छ । गीती सामाग्री पुतलीबजार नगरपालिकाले निर्माण गरेको हो ।