वालिङ, १४ पौष ।
फ्यूजन नेपालको आयोजना गरिएको पहिलो संस्करणको मिस वालिङको ताज वालिङ ६ धनुबाँसकी बिना थापाले जितेकी छन् । वालिङ स्थित रेडपिपर पार्टी प्यालेसमा आयोजित ग्राण्ड फिनालीमा अन्य ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।
स्मार्ट ईभेन्ट संस्थाको व्यवस्थापनमा भ्रमण वर्ष सन २०२० लाई समेत प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा २२ वर्षीय बिनाले मिस वालिङको टाईटलसंगै नगद १ लाख सहित मिस गण्डकीमा प्रवेश गर्ने अवसर प्राप्त गरेकी छन् ।
मगर चलचित्रकी नायिका समेत रहेकी बिनालाई प्रतियोगिताका निर्णायक रिर्वन ईभेन्टका अरुण दर्लामीले साधेको पर्यटन प्रर्वद्धन सम्बन्धी प्रश्नको जवाफमा सुरुवात आँफैबाट गर्नुपर्छ भन्ने भनाईले मिस वालिङको टाईटल जित्न सहयोग पु¥याएको थियो । बिनाले ६ जना युवतीहरुलाई पछाडि पार्दै मिस वालिङको पहिलो टाईटल जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा वालिङ क्याम्पस रोडकी दिपा पुन फस्ट रनरर्सअप र वालिङ ६ मिर्दिकी लिजन गुरुङ सेकेण्ड रनर्सअप बनेकी छन् । फस्ट रनरर्सअप दिपाले मोस्ट ट्यालेन्टको अर्वाड समेत जितेकी छन् । भने लिजनले समेत मस्ट डिसिपिलिनको विधामा अर्वाड जितिन् । वेस्ट वार्क र बेष्ट फोटोजेनिकमा चादनी आले , मस्ट पपुलर अवार्ड सुनिता थापा र वेष्ट पर्फमेन्स विधामा माया दर्लामीलाई अवार्ड दिईएको छ ।
विजेता तथा उपविजेतालाई वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए । उनले स्थानीय प्रतिभा र क्षमता विकासमा यस प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमा नमुना साना किसान सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्याल, विजेता फस्टरनर्स अपले ५५ हजार, सेकेण्ड रनर्सअपले ३५ हजार नगद प्राप्त गरेका छन् । फिनालेका अवसरमा चर्चित गायक सुनिल गिरीले समेत आफ्नो प्रस्तुति राखेका थिए । ईभेन्टका अध्यक्ष सगुन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव स्वीकार कोईराला, उमेश दर्लामी र श्रेया महर्जनले गरेका थिए ।