विनोद रखाली मगर
तनहुँ,६ पौष
नेपाल मगर लेखक संघ तनहुँको ८ औं साधारण सभातथा ९ औं बार्षिक उत्सवको सन्दर्भमा संस्कृतीकर्मी दानवहादुर आले मगरद्धारा लिखित रोदी र कौराहानाचबारे समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मगर समुदायमा प्रचलित कौराहाका बारेमा विभिन्न संस्कृतीकर्मी, लेखकहरुका आ–आफ्नै तर्क रहेका बेला तनहुँ रिषिङ्ग गाउँपालिकाका स्थायीय बासिन्दा संस्कृतीकर्मी दानबहादुर आले मगरले तनहुँ जिल्लाको रिषिङ् गाउँपालिका तत्कालिन कोट दरबार गाउँ विकास समिति अन्तर्गत पर्ने गैह्राथोक आसपासबाट करिव अढाई सय वर्ष पहिले उत्पत्ती भएको लेखकको भनाई छ ।
मगर समुदायको मौलिक र लोकप्रिय नाच कौराहा पानी कुर्दा समय विताउने क्रममा रमाइलो र आराम गर्न पधेँरोमा पानी भर्न प्रयोग गर्ने भाँडाकुँडा बजाउँदै नाच्ने गाउने गरी शुरु भएको आलेको तर्क छ । साथै आलेको पुस्तकमा मगर भाषामा (क्रुङ् र ङाहा) नेपालीमा खैजडीको आवाज बज्योवाट कौराहा साथै (रुङ् र डी) पानीकुर्ने देखी रोदीको नामाकरण भएको तर्क छ ।
समिक्षा कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगर, अग्रज संस्कृतीविज्ञ यमवहादुर आले मगर, नेपाल मगर लेखक संघ केन्द्रीय समितिका सदस्य गीता रखाली मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापा मगर, आदिकवि रेख वहादुर सारु मगर स्मृती प्रतिस्ठानका सचिव रिमा आले मगर, राष्ट्रिय मौलिक कौराहा सरंक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर, रोदी र कौराहानाच पुस्तकका सहसम्पादक इन्द्र वहादुर आले मगर लगाएतले मौलिक कौराहा र रोदीको बारेमा पुस्तकले थप जानकारी प्रदान गरेको र संस्कृती जगेर्नामा महत्वपूर्ण योगदान खेल्नेमा विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सह–प्राध्यापक संस्कृतीकर्मी तिलवहादुर आले मगर र मगर चलचित्रकर्मी संघ केन्द्रीय सदस्य सुमन थापा मगरले पुस्तकको बारेमा समिक्षा गरेका थिए । कार्यक्रमकै अवसरमा तनहुँको रिषीङ्मा नचाइने मौलिक कौराहानाच प्रस्तुत गरीएको थियो । साथै मगर साहित्यकारहरुले आफ्ना साहित्यीक रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम समितिका सदस्य यशोदा थापा मगरको स्वागत मन्तव्य, सचिव विजय थापा मगरको सन्चालन र समितिका कार्यवहाक अध्यक्ष बादल आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।