काठमाडौं, ४ पौष ।
नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् ।
सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यलय स्याङ्जामा जनार्दन जिसी र चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेशकुमार बस्नेतको सरुवा भएको छ। आकर्षक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।
त्यस्तै, कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रविराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। चितवनका दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।