स्याङ्जा, २५ मंसिर ।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा चापाकोट नगरपालिका वाडनं ८ दामाचौर बस्ने बर्ष ४२ को देविलाल कुमाल वेपत्ता भएका छन् ।
वुधवार दिउसो ज्याग्दिखोला दोभान घाटमा मलामि गएका कुमाल पौडि खेल्ने क्रममा कालिगण्डकी नदीमा डुवेपछि बेपत्ता भएका हुन् । कुमाल वेपत्ता भएको खवर प्रहरीलाई गरेपछि ईलाका प्रहरी कार्यालय रत्नपुरबाट प्रहरी अधिकृतको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
उता भिरकोट नगरपालिकावाट बेवारिसे अवस्थामा उद्दार गरिएकी महिला उपचारको क्रममा निधन भएको छ । भिरकोट नगरपालिकामा गत २१ गते राती दारसिङवाट मानसिक सन्तुलन ठिक नभएकी मागी खाई हिड्ने महिला बेहोस अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगेको थियो । उनको अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यू भएको अस्पतालको रिपोर्टमा उल्लेख गरेको प्रहरीले जनाएको छ । मृतकको नाम वतन नखुलेका कारण वुधवार पुतलीबजार नगरपालिकालाई शव सतगतको लागि वुझाएको प्रहरीले जनाएको छ ।