नारायण विश्वकर्मा
गल्याङ, १६ मंसिर ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकाले सेवा प्रवाह र विकासमा दलित र गैरदलित विचमा समान व्यवहार गरेको वताएका छन् । नेपाल उत्पिडित दलित समाज विकास समिति गल्याङको दोस्रो अधिवेसन तथा तेस्रो साधारणसभा उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले नगरपालिकाले निर्माण गरेको हरेक नीति तथा कानुन उत्पिडित समुदायको उत्थानका पक्षमा रहेको बताएका छन् ।
नगर प्रमुख अधिकारीले नयाँ संविधानले दलित उत्पिडितको पक्षमा कानुन निर्माण गरेर अगाडी वढेको अवस्थामा यदाकदा अझैपनि केही प्रतिनिधि घटना देखा परिरहेको वताउदै यसको जरै देखि उन्मूलनका लागि दलित समुदायले पनि म सानो जातको हुँ भन्ने सोचलाई हटाउनु जरुरी छ भन्दै नगर प्रमुख अधिकारीले भने, ‘परिवर्तन र समाज रुपान्तरणका लागि दलित र गैरदलित दुवैले स्वस्फुर्त सोच र विचारमा परिवर्तन ल्याउनुपर्छ।’
अधिकारीले दलित उत्पिडित समुदायका माथि भएका अन्याय र अत्याचार विरुद्ध अझ ससक्त ढंगबाट योजनाका साथ अगाडी वढ्न आग्रह समेत गरेका थिए । ।
कार्यक्रमका सभापति समेत रहनुभएका नेपाल उत्पिडित दलित समाज विकास समिति अध्यक्ष कुल बहादु विश्वकर्माले दलित समुदायको एक्लैको प्रयासले मात्र समाज विभेदबाट मुक्त हुन नसक्ने भन्दै गैरदलित समुदायको हातेमालो आवश्यक रहेको बताए ।
संविधानले मौलिक अधिकार अथवा प्रस्तावनामै उल्लेख गरेका जातिय भेदभाव दण्डनिय भएतापनि व्यावहारमा पटक्कै लागु नभएको उनको धारणा थियो । विभिन्न ठाउँमा छुवाछुत मुक्त अभियान सन्चालन भए, गल्याङ नगरपालिकालाई पनि छुवाछुत मुक्त नगर घोषणाको छलफल चलाउन र यसमा सहयोग गर्न जनप्रतिनिधि संग आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य तिलकराम विश्वकर्माले नेपाल उत्पिडित दलित समाज विकास समितिलाई आशा र भरोसाको केन्द्र बनाउन आफ्नो तर्फबाट पहल गरिरहेको बताए।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले संस्थाले उठाएका मुद्धामा गल्याङ उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने बताए । नेपाल रेडक्रस गल्याङ उपसाखाका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले दलित समुदायलाई हिनताबोधको भावना हटाउन सुझाव दिएका थिए ।
आफुहरु पनि समाजमा छुवाछुत नगर्ने र अरुलाई पनि त्यस्तो अमानविय व्यवहार कसैलाई गर्न नदिने समेत उनले वताए । नेपाल उत्पिडित दलित समाज विकास समितिका सल्लाहाकार किसान श्रेष्ठले नेपाल उत्पिडित दलित समाज विकास समितिलाई उत्पिडनको मुद्दामा निरन्तर सकारात्मक सल्लाह र सुझाव दिइरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल उत्पिडित दलित समाज विकास समिति अध्यक्ष कुल बहादु विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य समिति सदस्य अन्जु सुनारले गरेकी थिइन् भने संचालन सचिव सुमित्रा खड्काले गरेकी थिइन् ।