भिरकोट, १४ मंसिर ।
भिरकोट नगरपालिका स्थित बयरघारी क्रीकेट क्लबद्वारा यहि मङ्सिर ११ गतेदेखी १४ गतेसम्म आयोजित अन्तर नगर स्तरीय क्रीकेट प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।
बयरघारी खेलमैदानमा सम्पन्न प्रतियोगितामा बयरघारी क्रीकेट क्लब प्रथम, बेलचौर युवा क्लब द्वित्तिय भएका छन् ।
प्रथम हुने बयरघारी क्रीकेट क्लवलाई नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बेलचौर युवा क्लबलाई रु १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवले जनाएको छ ।
साथै प्रतियोगितामा वेस्ट बलर कमल खनाल बेलचौर क्लब० बेस्ट ब्याट्सम्यान किसान जिटि (बयरघारी क्रीकेट क्लब) प्रतियोगिताकै बेस्ट प्लेयार निराज खनाल (बेलचौर क्लब) लाई समेत पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा तरुणदल भिरकोटका नगर अध्यक्ष राजकुमार गुरुङले खेलको माध्यमबाट सबै युवा एकजुट भई एकताको सन्देश दिन सक्ने बताएका थिए ।
यूवाहरु कुलतमा फँस्न सक्ने हुँदा युवा उमेरलाई एकत्रीत गरि समुदायमा गठन भएका क्लवकै अग्रसरमा खेलको माध्यमबाट सकारात्मक बाटोतर्फ हिडाउन पहल कदमी गर्नुपर्ने वताएका थिए । खेलकुदलाई सरकारी निकायले वेवास्ता गरिरहेको अवस्थामा यूवाहरु एकजुट भई खेदकुदको विकासका लागि सम्वन्धित निकायको ढोका ढक्ढकाउने वेला आएको वताएका थिए।
क्रीकेट क्लवका अध्यक्ष अनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलको संयोजन खेम गुरुङले गरेका थिए ।