काठमाडौं, १३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत् श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठीक रहेको बताइन् ।
‘प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गौलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ’–उनले सन्चारकर्मीलाई भनिन्–‘घाउको संक्रमण नहोस् भन्नाका लागिमात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो ।’
‘प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ’ उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
‘प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गौलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ’, उनले सञ्चारकर्मीलाई भनिन्, ‘घाउको संक्रमण नहोस् भन्नका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो’, निजी चिकित्सक डा. शाहले भनिन् ।