वालिङ, १२ मंसिर ।
वालिङ उद्योग वाणिज्य संघ वालिङको आयोजनामा विहिवार संघको सभाहलमा व्यवसायिक भेटघाट तथा उपभोक्ता हित सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भर्खर मात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाका बजारहरुमा व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्य अनुरुप वालिङ उद्योग वाणिज्य संघले जनप्रतिनिधि, व्यापारी, उपभोक्ता र प्रशासन समक्ष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले संविधानले लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने उद्देश्य राखे अनुरुपनै सेवा प्रवाहलाई प्रभावकारी ढंगले सन्चालन गर्नुपर्ने वताएका थिए । नागरिकहरुको आर्थिक तथा सामाजिक समृध्दिका लागि मौलिक हक एवम् राज्यद्वारा निर्दिष्ट सिद्धान्त तथा नीतिहरुलाई सबै पक्षले पालना गरे मात्र सेवा प्रभावकारी हुने वताएका थिए ।
संविधानमा उल्लेख गरेका हक र अधिकारलाई स्थापित गराउन तिनै तहका सरकार गम्भिर भएर लाग्नुपर्ने वताउदै प्रजिअ कुरुम्बाङले उपभोक्ताको अधिकार संरक्षण गर्ने ऐन नियम र बर्तमान बजारको अवस्थाको वारेमा जानकारी दिएका थिए । उपभोक्ता हित विरुद्ध कार्य गरेमा हुने सजायँ, बस्तु र सेवामा गर्न नहुने कार्य अत्यावश्यक बस्तु , उपभोग्य बस्तुमा उल्लेख गर्नु पर्न कुराहरुका बारेमा समेत जानकारी दिएका थिए ।
स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर स्थानीय तहले उपभोक्ता हित संरक्षणका क्रियाकलापहरु गर्न सक्ने भन्दै उपभोक्ताहरुको हित नभएमा सम्म जनताले व्यवस्था परिवर्तनको महशुस गर्न नसक्ने वताएका थिए । जनप्रतिनिधि र कर्मचारी बीचमा महत्वपुर्ण सम्बन्ध रहेको भन्दै उनले जनप्रतिनिधिले निर्माण गरेका नितिलाई कार्यान्वयन गरी जनतालाई सहज सेवा दिने जिम्मेवारी कर्मचारीको भएको उल्लेख गरेका थिए ।
अन्तरक्रियामा जनप्रतिनिधिले नागरिकता सम्वन्धी सवालहरुको जवाफ दिर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कुनैपनि नेपालीले नागरिकता पाउनुवाट बञ्चित हुनुनपर्ने वताएका थिए । विभिन्न कारणले नागरिकतामा भएका कठिनाईहरुको पनि व्यवहारिकता हेरेर फुकाउन सकिने हुनाले सेवाग्राहिलाई चित्त बुझाएर पठाउन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खांणले प्रमुख जिल्ला अधिकारी कुरुङबाङको आत्मीयता र सहकार्य निकै सकरात्मक रहेको भन्दै सकरात्मक सोँचको विकासवाट सबैखाले समस्या अन्त्य हुने वताएका थिए । आलोचना र टिकाटिप्पणी भन्दा सुझाव र सल्लाहमा अगाडि बढेमा उद्देश्य सफल हुने उनको धारणा थियो । उपभोक्ता हित संरक्षणमा नगरपालिकाले गम्भिर भएर अगाडी वढने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा पुर्व मेयर लालचन्द्र गैह्रेले राज्यले निदिष्ट गरेको निति नियमको पालना गर्न सबै पक्षले सहयोग गर्नुपर्ने वताएका थिए ।
संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यवसायीहरुको हितमा उद्योग वाणिज्य संघ अगाडि बढेको र संगसंगै उपभोक्ताहरुको हक र अधिकारलाई ध्यानमा राखेर व्यावसाय सन्चालन गर्ने विषयमा संघ चनाखोका कासाथ अगाडी वढेको वताएका थिए । उनले व्यवसायी र नियमनकारी निकाय विचको अन्तरक्रियावाट बजार स्वच्छ हुने कुरामा विश्वास गर्दे सरकार र व्यवसायी सधै हातेमालो गर्न तयार रहेको समेत वताएका थिए ।
कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत संघका उपाध्यक्ष गिरमान गुरुङ र सञ्चालन महासचिव केशरबहादुर खांणले धु्रवले गरेका थिए ।