अघाँखाँची, ११ मंसिर ।
आज अपरान्ह अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । सन्धिखर्कबाट बुटवलतर्फ आउदै गरेको बस नरपानीमा दुर्घटना हुँदा हाल सम्म जना २० को मृत्यू भएको छ ।
मृत्यू हुनेमा ११ जना पुरुष, ७ महिला गरी १७ जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनामा १० महिनाको बालकको पनि मृत्यू भएको छ । भने उपचारका लागि बुटवल लैजादै गर्दा एक जना र अस्पतालमा उपचारका क्रममा एक जना गरी हाल सम्म २० जनाको निधन भएको छ ।
दुर्घटनामा परि १४ जना घाइते भएका छन्। बुधबार दिउँसो दिउँसो १।३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी ( घुम्टीको बिचमा पर्ने ) नरपानी बजार नजिकै कालाखोला र रातामाटामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको हो।
बस दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क ७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा २ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री, बस धनि सन्तमणि बस्नेत, छत्रदेव ७ का ३६ बर्षिय सन्त बहादुर बस्नेत, बुटवल चौडाहा हस्पिटल रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।
गम्भिर घाइते १२ जनालाई उपचारको लागि बुटवल पठाईएको छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।
बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए ।