वालिङ, ७ मंसिर ।
गरिमा विकास बैंक लिमिटेडले शनिवार १२ वर्ष पुरा गरि १३ औँ वर्षमा प्रवेश गरेको छ । वैंकको वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । वालिङ शाखामा शनिबार रक्तदान कार्यक्रम गरि मनाईएको छ भने गल्याङ शाखाले गल्याङ नगरपालिका वाड नं ९ स्थित माझी गाँउमा न्यानो कपडा वितरण गरेको छ ।
बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रम गरेको जनाएको छ । वालिङमा आयोजित रक्तदान कार्यक्रमको वालिङका नगर प्रमुख दिलिप प्रताप खाँणले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खाँणले बैक पैसा कमाउने नाफा मुलक संस्था नभई सामाजिक उत्तरदायीत्व बहन गर्ने संस्था रहेको उदाहारण प्रस्तुत गरेकोमा बैकलाई धन्यवाद दिएका थिए ।
रक्तदान कार्यक्रममा वालिङ स्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहितले रक्तदान गरेका थिए । ४० पिन्ट रगत सङ्कलन भएको थियो । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको वालिङ शाखाका प्रवन्धक कुमार गुरुङले जानकारी दिए ।
रक्तदान कार्यक्रममा लुम्बिनी मेडिकल कलेजको प्राबिधिक सहयोग रहेको थियो ।
यसै विच बैकको गल्याङ शाखाले गल्याङ नगरपालिका वडा नम्बर ९ बेलचौर माझी गाउँका २० घरपरिवारलाई ज्याकेट र कम्बल वितरण गरेको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले गरिमा विकास बैंक गल्याङ शाखाले गरेको कार्य प्रशंसनीय रहेको बताईन । बैँकले गरेको कार्यको सवैले अनुसरण गर्नुपर्ने बताउदै उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न आग्रह समेत गरेकी थिइन्।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष हरिलाल खनाल, गल्याङ उद्योण वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल, नेकपा जिल्ला कमिटीका सदस्य टंक खनाल, नेपाली कंग्रेसका ऋषि बस्याल, नेकपाका दुर्गा गैह्रे लगायतले गरिमा गल्याङ शाखाले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रम गरिमा विकास बैंकका संन्चालक श्याम प्रसाद बस्यालको अध्यक्षतामा भएको थियो भने सञ्चालन गरिमा विकास बैँक गल्याङ शाखाका प्रबन्धक चिरञ्जिवी अर्यालले गरेका थिए, भने स्वागत मन्तव्य शाखाका संस्थापक सेयर धनी लेखनाथ भट्टराईले गरेका थिए ।
आज भन्दा १२ वर्ष अगाडी स्याङजाको वालिङवाट स्थापना भएको गरिमा बैँकको हाल देशभर ९० वटा शाखा रहेको छ । गरिमाले राष्ट्रिय स्तर बैँकको रुपमा कारोबार गर्दै आएको छ ।