भवानी अधिकारी
स्याङजा, २ मंसिर ।
आँधीखोला गाउँपालिका ४ बाङसिङ स्थित श्रवण माध्यमिक बिद्यालयमा स्थापित लक्ष्मी कार्की शैक्षिक छात्रबृत्ती कोष बितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले सोही बिद्यालयमा कक्षा ११ मा अध्ययरत प्रतिक्षा लामिछाने र रिहा सुनारलाई जनही बिस हजार रुपैया प्रदान गरेका हुन् ।
छात्रबृत्ती रकम हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले स्थापित अक्षयकोषबाट गरिब, जेहेन्दार बिद्यार्थी लाभान्वित भईरहेको वताए । साथै, अध्यक्ष पौडेलले रोटरी क्लव अफ महाराजगंजका सदस्य प्रभात योञ्जनले आफना धर्म दिदी लक्ष्मी कार्कीको स्मृतीमा उक्त कोषको स्थापना गरेका थिए ।
कोषले प्रत्येक बर्ष दुई जनालाई जनही बिस हजार नगद उपलब्ध गराउनेगरी यस बर्षदेखि छात्रवृत्ति वितरण गर्न सुरु गरेको जनाइएको छ ।
छात्रबृत्ती हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका १ का अध्यक्ष निर्मलकुमार शेरचन, बिद्यालयका प्रधानाध्यापक हरिनारायण लामिछाने, शिक्षक देवनाथ लामिछानेले लगायतले बिद्यालयको गुणस्तरीय शिक्षाका लागि बिद्यालय परिवारमात्र जिम्मेवार र सक्रिय भएर नपुग्ने बताउदै सबैको सहयोग भएमा बिद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउनेमा जोड दिएका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेलले बिद्यालयमा धेरै किसिमका सहयोगहरु बढेको बताउदै छात्राछात्राका आर्थिक अवस्था हेरेर मितब्ययीरुपले प्रदान गरिने जानकारी दिए ।
यसैगरी, आँधीखोला गाउपालिका वडा नं. ४ का अध्यक्ष चिन्तामणी पौडेलले आफना बुवाको ३६ औं श्राद्धको दिन पारेर बिद्यालयमा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । आफना बुवा टिकाराम उपाध्याय र आमा टोपली उपाध्यायको नाउमा स्थापित अक्षयकोष बिद्यालयले शैक्षिक उन्न्यनका निम्ति खर्च गर्न सक्नेगरी अक्षयकोष स्थापना गरेको पौडेलले जानकारी दिए ।
अध्यक्ष पौडेलले ५५ हजार ५ सय ५५ रुपैंयाको चेक बिद्यालयमा आयोजित कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरेका छन् ।