वालिङ, ३० कात्तिक ।
भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताएकी छन् ।
वालिङ अस्पताल भकुण्डे र अन्नपूर्ण अस्पताल पोखराको संयुक्त आयोजनामा शनिवार वालिङमा सञ्चालित १ दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न हरसम्भव प्रयासरत रहेको बताइन् ।
‘ जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने मनसायका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको हो,’ उनले भनिन् । स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपाल निर्माण सम्भव नभएको मन्त्री अर्यालको भनाई थियो ।
“स्वास्थ्य नै धन हो स्वास्थ्य स्वस्थ राख्न हाम्रा जिवनशैली परिर्वतन गर्नुपर्छ ।” खानपान, जिवनशैली, चुलोचौकोसंग स्वास्थ्य जोडिएको भन्दै मन्त्री अर्यालले जिवनशैली परिर्वतन गरी परिर्वतित समयअनुसार अगाडि बढ्नुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खांणले स्वास्थ्य सेवा सहज ढंगवाट प्रदान गर्ने विषयमा नगरपालिकाले सहयोग गर्ने वताएका थिए । कार्यक्रममा वालिङ १० का अध्यक्ष अनन्तराज गैह्रे लगायतले अस्पतालले गरेको समाज सेवाका वारेमा वोलेका थिए । वालिङ हस्पिटल प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र अर्याल र स्वागत हेमप्रसाद गैहेले गरेका थिए ।
वालिङ हस्पिटल र अन्नपुर्ण चिल्डेन एण्ड ओमन्स हस्पिटलद्धारा आयोजित निःशुल्क शिविरमा बालरोग विशेषज्ञ डाक्टर शंकर पौडेल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सरिता गुरुङ्क र वरिष्ठ रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर प्रकाश गुरुङ्कको टोलीसहित डाक्टर सन्दिप चौलगाई, डा कविन गैह्रे, डा अन्जु अर्याल, डा सुनिता गुरुङ्कले शिविरमा विरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा स्याङ्जा सहित पर्वत र पाल्पाका स्थानीयले सेवा लिएका छन् ।
वालिङ अस्पतालका अध्यक्ष शोभाकान्त पौडेलले शिविरमा बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञलगायत सेवा प्रदान गरिने जानकारी दिए । स्याङ्जा, पर्वत र गुल्मीका नागरिकलाई समेत पायक पर्ने भएकाले बढीभन्दा बढी सर्वसाधारणले जनताले सेवा लिन सक्ने उनले बताए ।