वालिङ, २८ कात्तिक ।
राष्ट्रिय लोक दोहरी प्रतिष्ठान नेपालले कलाकार कल्याणकारी कोषलाई केन्द्रदेखि जिल्ला तह सम्म स्थापना गरी कलाकारहरुको अफ्टयारोमा खर्च गर्ने योजना अनुरुप प्रतिष्ठानको जिल्ला शाखा स्याङ्जाले यो अभियानको सुरुवात गरेको छ ।
वुधवार वालिङ स्थित होटल भेनसमा प्रतिष्ठान जिल्ला शाखा स्याङ्जाले पत्रकार सम्मेलनको आयोजना गरी अभियानको थालनी गरिएको जानकारी दिएको हो । प्रतिष्ठानले आगामी कात्तिक ३० गते वालिङ खेलमैदानमा सम्पूर्ण स्याङ्जाली कलाकारहरुलाई झिकाएर वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कलाकारहरुको दुःख पीडामा कलाकारकै संरक्षणका लागि राखिएको कल्याणकारी कोषवाट सहयोग गर्ने उद्देश्यका साथ शनिवार रु दश लाख बरावरको कल्याणकारी कोषको घोषणा गर्न वालिङ खेलमैदानमा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको लोक दोहरी प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य घनश्याम रिजालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका स्थानीय तह, संघ संस्था, कलाकार, उद्योगी, व्यापारी र बैदेसिक रोजगारका शिलशिलामा विदेशमा रहनुहुने दाजुभाईहरु संग आर्थिक सहयोगको अपिल गरिएको जानकारी दिएका छन् । सबैको सानो सानो सहयोगवाट कलाकार कल्याणकारी कोषको स्थापना गर्न लागिएको रिजालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
लोक दोहरी प्रतिष्ठान नेपालमा राम्रो प्रभाव परेको जिल्ला तथा लोक तथा दोहरीको क्षेत्रमा अग्रणी जिल्ला स्याङ्जावाटै अभियानको सुरु गर्नपर्छ भनेर कल्याणकारी कोषको स्थापना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष ऋषि डुम्रेले जानकारी दिए । जिल्लावाट राष्ट्रियरुपमै ख्यातीकमाएर चर्चामा आएका कलाकारहरुको सम्मान कार्यक्रम पनि सोहीदिन राखिएको अध्यक्ष डुम्रेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आगामी शनिवार वालिङ खेलमैदानमा कलाकार कल्याणकारी कोषको विधिवत घोषणा तथा कलाकार सम्मान कार्यक्रमको उद्घाटन नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालवाट उद्घाटन हुने कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलन प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष ऋषि डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो । स्थागत मन्तव्य प्रथम उपाध्यक्ष नेत्र खड्काले गरेका थिए भने सन्चालन सहसचिव कृष्ण पौडेलले गरेका थिए ।