भिरकोट, २५ कात्तिक ।
भिरकोट नगरपालिकाले जेष्ठ नागरिक ७० वर्ष उमेर कटेका शारिरीक असक्त ब्यक्तिको घरदैलोमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छ । नगरपालिकाको बैठकवाटै सामाजिक सुरक्षा भत्ता अब अशक्तको घरमा पु्याउने निर्णय गरेको भिरकोट नगरपालिकाले अभियानको सुरुवात गरे संगै अहिले भिरकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता त्यस्ता व्यत्तिको घरवाटै सेवा प्रदान गर्दै आएको छ ।
सामाजिक सुरक्षा भत्ता वापतको रकम वडाका जनप्रतिनिधी, र बैंकका कर्मचारी सहित शारिरीकरुपमा अशत्त,m र जेष्ठ नागरिकको घरमै पुगेर भत्ता वितरण गर्ने अभियानको सुरुवात गरेको भिरकोट नगरपालिकाका मेयर छाँयाराम खनालले वताए । उनले भने, ‘हामी जनताको मतबाट निर्वाचित जनप्रतिनिधि हौ’ हामीवाट ठूलो अपेक्षा राखेका छन । जनताको घरमा मत माग्न मात्र पुग्ने होइन सेवा दिन पनि पुग्नुपर्छ भन्ने मान्यताको विकास गरेका हौं ।
विभिन्न कार्यक्रममा गाँउमा पुग्दा यस्ता नागरिक संग कुरा गर्दा मेयर आफैलाई परिवारको सदस्यले भत्ता वुझ्ने गरेको र आफूहरुले नपाउने गुनासो आइरहेकोले घरमै भत्ता पु्याउने कार्यको थालनी गरेको उनले वताए ।
भिरकोट नगरपालिकाले प्रत्येक वडाको सामाजिक सुरक्षा भत्ता पाउने ७० वर्ष माथिका जेष्ठ नागरिक र शारिरीक रुपमा अशक्त नागरिकको तथ्यांक संकलन गरिसकिएको छ । सम्वन्धित वडाका जनप्रतिनिधि र सम्वन्धित बैंकका कर्मचारीलाई नागरिकको घरमै पुगेर यी नागरिकलाई सेवा प्रदान गरिने भिरकोट नगरपालिका वाड नं ५ का अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए । भिरकोट नगरपालिकाको झण्डै ३ सय यस्ता नागरिक यो अभियानवाट लाभान्वित हुने अधिकारीले जानकारी दिए ।
भिरकोट नगरपालिकाले यो मात्र होइन नागरिकलाई प्रत्यक्ष लाभान्वित हुने खालका सुत्केरीलाई अण्डा वितरण, बालवालिकालाई छात्रवृत्ति लगायत हरेक नागरिकले नगरपालिकाको सुविधा प्राप्त गर्न पर्छ पर्छ भन्ने खालका कार्यक्रम लिएर आइरहेको छ । भिरकोट नगरपालिकाले आगामी चैत्रमा बालमैत्री नगरपालिका घोषणाको अन्तिम तयारी गरेको समेत जानकारी दिएको छ ।