भवानी अधिकारी
स्याङ्जा, २३ कात्तिक ।
इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैही वसल्लमको जन्मजयन्तीको अवसर पारेर मुस्लिम समुदायले शनिवार नगर सरसफाई, गुरुकुलमा खाद्यान्न बितरण एवं बृहत पैदल ¥याली गरेका छन् ।
जन्मजयन्तीको अघिल्लो दिन प्रगतिनगर, स्याङजाबजार, वीपी चोक हुदै मुख्य बजारको सरसफाई गरिएको हो । मुस्लिम समुदायका मुस्लिम समाजले पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आधुनिक गुरुकुलमा खाद्यान्न सामाग्री समेत प्रदान गर्नुका साथैैे स्याङजा सदरमुकाममा बृहत शान्ति ¥याली गरिएको छ ।
स्याङजा, बाड़खोला र गहते मदर्शाका बिध्यार्थी सहित मुस्लिम समुदायको उपस्थितिमा बाड़खोलाको मस्जिदबाट सुरु भइ पुतलीबजार नगर परिक्रमा गरी स्याङजा मस्जिदमा पुगेर सम्पन्न भएको थियो ।
पैगम्बरको स्मरण गर्दै मुस्लिम युवा युवती, बालबालिका बृद्धहरुले इस्लामिक एवं नेपालको राष्ट्रिय झण्डा फहराउदै नगरपरिक्रमा गरेका थिए ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका आइतवार २४ गते हो । मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९४ औं जन्म जयन्ती मनाइने भएको हो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गरि जन्मजयन्ती मनाईने मुस्लिम समाज स्याङ्जाका सचिव शाह मोहम्मदले जानकारी दिए ।
यसैगरी वालिङमा पनि मुश्लिम समुदायले नगर परिक्रमा गरी पैगम्बर मोहम्मदको जन्म जयन्ती भव्यताका साथ मनाएका छन् ।