पोखरा, ३ कात्तिक ।
पोखराको लेकसाईडमा एक विदेशी पर्यटक मृत भेटिएका छन् । लामो समयदेखि लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक कार्ल हेइज सिकेल शनिबार मृत भेटिएका कास्की प्रहरीले जनाएको छ ।
यस्तै, मनाङमा पनि एक विदेशी पर्यटक मृत भेटिएका छन् । ट्रेकिङका लागि गएका स्टेफन भान एस स्मिथ ङिस्याङ गाउँपालिका स्थित टंकी मनाङमा मृत भेटिएका हुन् ।
थोरङ पासका लागि गएका उनको हृदयघातका कारण मृत्यु भएको मनाङ प्रहरीले जानकारी दिएको छ ।