वालिङ, २८ असोज
सुआहारा दोस्रो चरणको पहिलो अर्धबार्षिक कर्मचारी बैठक वालिङमा शुरु भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा दियालो स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहमा सुआहारा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै दियालो स्याङ्जाका अध्यक्ष कबिता गैह्रेले सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा सकारात्मक परिवर्तन ल्याउन कार्यक्रम सफल भएको बताइन् । उनले भनिन्,“कार्यक्रमका कारण पोषणको स्तरमा सुधार भएको छ ।” अध्यक्ष गैह्रेले जिल्लाका ११ वटै स्थानीय तहमा सुआहारा सम्वन्धी भईरहेका गतिबिधी राम्रो रहेको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिइन् ।
कार्यक्रममा सुआहाराका जिल्ला संयोजक याम जिसीले दीगो रुपमा पोषण शिक्षा कार्यक्रम सञ्चालन गराउने गरी गतिबिधी सञ्चालन गरिएको जानकारी दिए । उनले कार्यक्रमको समयावधी पछि पनि स्थानियतहले यसलाई निरन्तरता दिने गरी समन्वय भईरहेको बताए । शुभारम्भ कार्यक्रमको सञ्चालन सुआहारा÷दियालो स्याङ्जाका कार्यक्रम प्रमुख ओमसुव गुरुङले गरेका थिए ।
बुधबार सम्म सञ्चालन हुने बैठकमा स्याङ्जा जिल्ला भरका सुआहारा दोस्रोका कर्मचारीहरु सहभागी रहेकाछन् ।