कम्यूनिष्ट सरकार भ्रष्टाचार, बलत्कार, हत्याकाण्ड जस्ता कार्यमा फस्यो -पूर्व मन्त्री श्रेष्ठ
स्याङ्जा २८ असोज ।
नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाको सोमवार सम्पन्न अधिवेशनले विक्रम सारुको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा दिल कुमार थापा, सचिवमा विष्णुवहादुर मर्साङी, कोषाध्यक्ष दानमाया राना, सह सचिव केशवहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन ।
यसैगरी सदस्यहरुमा नरेश रुचाल मगर, केशवहादुर राना, नरबहादुर राना, छविलाल गाहा, गिता राना, माया घर्ती मगर, सेवा थापा मगर, अनिता थापा, सिर्जना थापा, निर्मला राना, गोमती आले, केशकुमारी थापा निर्वाचित भएका छन् ।
संघको महाधिवेशन प्रतिनिधिमा ख्यामवहादुर राना, दिपेन्द्र आले, विश्वप्रकाश थापा, हर्कवहादुर सारु मगर निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन नेपाल सरकारका पूर्व मन्त्री गोपालमान श्रेष्ठले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुलुम्मै डुबेको आरोप लगाएका थिए ।स्याङ्जाको वालिङमा नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाको दोस्रो अधिवेसनको उद्दघाटन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कम्युनिष्ट सरकारले भ्रष्टाचार, बेथितिलाई प्रोत्साहन गर्दै अगाडि बढेको वताएका हुन ।
नेता श्रेष्ठले भने, “भ्रष्टाचार र अन्यायलाई प्रोत्साहन गर्दै गए सरकारले दिन गन्ती शुरु गरे हुन्छ ।” दुई तिहाईको सरकार गठन भएको दुई वर्ष विते पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै जनता सचेत भईसकेको दावी गरे । साथै फरक प्रसंगमा नेपालमा मगर समुदायका बाहुल्यता रहेतापति उच्च तहमा मगर समुदायको संलग्नता कम हुनु दुखद रहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय अध्यक्ष अनिल थापामगर, कांग्रेस जिल्ला कार्यबहाक सभापति कुमार राना, नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश अध्यक्ष पदम पुन, पुर्व सांसद खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्यद्धय मोहनप्रसाद पाण्डे र राजु थापा, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य शेरबहादुर थापा, महाधिवेसन प्रतिनिधि माया राना, मुस्लिम संघका गण्डकी प्रदेश अध्यक्ष शाह मोहमद लगायतले मगर समुदायका हकहितका लागी पार्टी प्रतिवद्ध रहेको वताएका थिए ।
नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष हर्कबहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चन्द्र राना, सञ्चलन जिवि राना र धन्यवाद ईन्द्रबहादुर रानाले गरेका थिए ।