वालिङ २३ असोज
स्याङ्जाको हरिनास गाउँपालिकामा मोटरसाइकलमा आएका यूवाहरुको समुहले वुधवार वेलुका एक यूवाको कुटपिट गरि हत्या भएको छ ।
हरिनास गाउँपालिका वाड नं ५ बलिकोटमा अन्दाजी २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । सोही गाँउपालिका स्थित क्याक्मी हटियाका यूवाहरुको आक्रमणवाट उनको हत्या भएको स्थानीय देवकुमार मानन्धरले जानकारी दिए । आलेको घटनास्थलमै मृत्यू भएको हो ।
आले सवार रहेको गाडीले एक जना यूवालाई ठक्कर दिएपछि उत्पन्न विवाद पछि झडप भएको थियो । तिनवटा मोटरसाइकलमा आएका ६ जना यूवाहरुले आलेमाथि आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली रातिनै पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । भने कुटपिटमा संलग्न व्यक्तिहरु भगेर फरार भएको प्रहरीलाई खवर हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजा, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय रत्नपूरवाट प्रहरी अधिकृतको टोलीहरुले खोजतलास गर्दा हरिनास गाउपालिका वाड नं ६ का नरेश मानन्धर, मातृका मानन्धर, विमल मानन्धर, अमृत मानन्धर र धरम मानन्धरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।