स्याङ्जा—१८ असोज
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले निजी क्षेत्रलाई विकासको खम्वा रहेको वताएकी छन् । मुलुकको प्रगती र विकासका निम्ती सरकार र निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको वताउदै संविधानले निर्दिष्ठ गरे अनुरुप निजी क्षेत्र राज्यको अभिन्न अंग रहेको अैल्याएकी छन् ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै मन्त्री अर्यालले नीजि क्षेत्र विकासको साझेदार भएकाले यसको प्रवर्दनमा सरकार गम्भीर भएर लागेको वताइन । मुलुक अव परनिर्भर नभइ आत्मनिर्भर तर्फ उन्मूख भएको वताउदै मन्त्री अर्यालले निजी क्षेत्रको उन्न्ती विना आत्मनिर्भर हुन नसक्ने जीकिर गरिन् । देशमा लगानीको लागि सरकारले वातावरण तयार गरेको अवस्थामा ढुक्क भएर लगानी गर्न र आफ्नो व्यवसाय सन्चालन गर्न व्यपारीहरुलाई आग्रह गरिन् ।
सरकार निजी क्षेत्रको विकास र उन्नतीको लागि लागि परेको वताइन । भूमि विधयेक आठौं संसोधनमा भूमि संग सम्वन्धित विषयमा उद्योग र व्यापारलाई महत्व दिदै निजी स्वार्थ भन्दा उद्यमशिलतालाई महत्व दिएर कानुन निर्माण गरेको उल्लेख गरिन ।
?
विकासको चरणमा काम गरेको यो सरकारले हावा कुरा ग¥यो भन्नेहरुले देख्न सक्नुपर्छ भन्दै मन्त्री अर्यालले पाईपलाईन बाटै नेपालमा पेट्रोलियम पदार्थ आएको तर्क पेश गरिन् । अब पानी जहाज र रेल पनि नेपालमा चल्ने दावी गर्दै उनले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने बताईन् । तिन तहका सरकारहरुको समन्वय हुन सकेमात्रै गाँउटोल देखि जिल्लाकै विकास हुने उल्लेख गरिन ।
यो सरकार मुलुकको काचुली फेर्न तयार रहेको उल्लेख गर्दै सरकारले ल्याएको हरेक विद्येयकमा विरोध नगर्न समेत सबैलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार वगाले, वालिङ नगर पालिका का प्रबक्ता केदार काफ्ले लगायतले बोलेका थिए । वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनाल र सञ्चालन संघका महासचिब धु्रब खाँणले गरेका थिए ।