सुशील सुबेदी
वालिङ , १८ असोज
अबको प्रबिधी युगमा प्राबिधिक ज्ञान बिना बिकाश संम्भब नभएको सरोकारवालाले बताएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ , क्यान स्याङजाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लेट्स बिल्ड ई नेपाल क्यानको नारा रहेपनी ई वालिङको प्रोजेक्ट ल्याउन सक्ने सरोकारवालाले सुझाए ।
वालिङ नगरपालिकाको सभा हलमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भिरकोट नगरपालिकाका नगरप्रमुख छाँयाराम खनालले प्रबिधि बिना बिकाशको कल्पना पनि गर्न नसकिने बताए । ‘आई सि टी बेस्ड बिद्यालय , ई गभरेन्स , पेपरलेश नगर जस्ता महत्वपुर्ण सोँच बनाएका छौँ तर दक्ष जनशत्ती हामीसँग छैन ’ , खनालले गुनासो पोखे ।
सोही कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले प्रबिधिमैत्री नगर बनाउन क्यानले सहयोगी भुमिका खेल्न आबश्यक रहेको बताए । प्रबिधीको उच्च प्रयोगसँगै नगरबासीलाई नयाँपनको अनुभुती दिलाउने बताउँदै खाँणले भने , ‘ यदी क्यानले सहयोग गर्छ भने , आगामी बर्ष भित्र १४ वटै वडासँगको बैठक भिडीयो कन्फरेन्स मार्फत गर्नेछौँ । ’
प्रबिधिको कुरा गर्ने तर ज्ञानको अभाव हुने कारण प्राबिधिक शिक्षा लागु गर्ने संस्था को आबश्यक रहेको क्यान स्याङजाका अध्यक्ष मणी प्रशाद अर्यालले बताए । उनले भने , ‘सोँच प्राबिधिक बनाउँदै गर्दा प्रबिधिसँग जनतालाई जोड्ने अभ्यास कती गरायौँ । ’
क्यान स्याङजाका सचिव धुर्ब सुबेदीले संचालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष मणी प्रशाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष जोगराज पाठकले स्वागत गरेका थिए ।
वालिङ नगरपालिकाका उप—प्रमुख कल्पना तिवारी , भिरकोट ५ का वडा अध्यक्ष लक्ष्मण अधिकारी , वालिङ १३ का आनन्द पाठक लगाएतले शुभकामना व्यक्त गरेका थिए ।