हिमदुत सम्वाददाता
वालिङ, ११ असोज ।
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर १३ मा सम्पन्न गरिएको कार्यक्रममा उपस्थित कृषकले भने हामी उत्पादन गर्न तयार छा,ै बजारको समस्या नगरपालिकाले समाधान गर्न आग्रह गरेका छन । युएनडिपि नेपाल र वालिङ नगरपालिका आर्थिक सहयोग तथा दियालो संस्थाको साझेदारीमा वालिङ नगरपालिकामा सुरु भएको परियोजनाको कार्यक्रममा उक्त कुरा वताएका हुन् ।
अन्तरक्रियामा कृषकहरुले आर्थिक उपार्जनको अवसरलाई सवैले सदुपयोग गर्नु पर्नेमा जोड दिएका हुन् । उनीहरुले भने, “अवसरको सदुपयोगको लागि सम्वन्धीत निकायले हामीलाई सहयोग गर्न आवश्यक छ ।”
अन्तरक्रिया कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता गैह्रेले परियोजनाको पहिलो चरणमा वालिङ क्षेत्रमा एक हजार उद्यमी तयार गरिने जानकारी दिइन् । उनले, “सीप र दक्षताले युक्त उद्यमी तयार गर्ने हाम्रो लक्ष्य छ ।” बस्तुहरुको उचित मुल्यमा बजारीकरणको व्यवस्था गरिने समेत उनले जानकारी दिइन् । गैह्रेले भनिन् “हामीले उत्पादनलाई मात्रै होईन बजारीकरणलाई पनि उत्तिकै स्थान दिएका छौं ।”
सो अवसरमा वडा नम्वर १३ का अध्यक्ष आनन्द पाठकले नगरको समग्र आर्थिक बिकासको लागि कार्यक्रम सञ्चालन गरिएको बताए । समुहमा काम गर्नेलाई सबै तिरबाट सहयोग प्राप्त हुने अध्यक्ष पाठकले जानकारी दिए । त्यस्तै दियालो संस्थाका कोषाध्यक्ष सीता गैह्रेले आफ्नो हितको लागि आफु पनि उत्तिकै सक्रिय बन्नु पर्ने धारणा व्यक्त गरिन । कार्यक्रममा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कृषकहरुले आ—आफ्ना समस्या र गुनासो सुनाएको थिए । उनीहरुले गुणस्तरीय मल तथा बिउ समयमा नै नपाएको गुनाशो गरे त्यस्तै जंगली जनाबरको आक्रमण बढ्दै गए पछि आफूहरुको खेती लगाउने मन नै हराएको बताए । उनीहरुले बजारीकरणलाई ध्यान दिन आग्रह समेत गरे ।
बायटारीमा भएको कार्यक्रमको सञ्चालन दियालो संस्थाका प्राबिधिक स्वयंसेवक बिष्णु न्यौपानेले गरेका थिए भने, कार्यक्रममा वडाका जनप्रतिनिधी, टोल बिकास संस्थाका संयोजक, अगुवा कृषक, उद्यमी लगायतको सहभागिता रहेको थियो ।