वालिङ ३ असोज ।
सन् २०२० नेपाल भ्रमण वर्षको प्रचार प्रसार तथा संविधान दिवस २०७६ मनाउन शुक्रवार वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले हेलुदेखि बायाँटारी सम्म आँधीखोलामा साहसिक जलयात्रा गरेको छ ।
स्याङ्जाको गौरव, श्रवणकुमारको अन्धा बाबुआमाको अश्रुधारावाट बहेको किंवदन्ती संगै जोडिएको आँधीखोलाको देश तथा विदेशमा प्रवर्दन गर्ने उद्देश्यका साथ भिजिट नेपाल २०२० र संविधान दिवसको सन्दर्भ पारेर जलयात्रा गरिएको वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले जनाएको छ ।
‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यवहाक अध्यक्ष आशिष प्रताप खाँणले जानकारी दिए । शुक्रवार र शनिवार दुई दिन आँधीखोलामा जलयात्रा गरिने र जलयात्रामा झण्डै एक सय जना सहभागि हुने पनि उनले जानकारी दिए ।
यसैगरी असौज १७ गते वालिङ खेलमैदानमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुद्धारा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सुरताल म्यूजिकल टुर २०७६ नाम दिइएको कार्यक्रममा समिर घिसिङ (VTEN), प्रकाश सपुत, विक्रम बराल (Live Band), चोलेन्द्र पौडेल, सन्तोष बस्याल, ववी सुनार, आकृति नेपाली (म्बलअभच) लगायत अन्य कलाकारहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमको समापन तथा एकदिने वण्डरफूल वालिङ बाइक राइड २०१९ कार्यक्रम गरिने छ । जसको वालिङ खेलमैदानवाट सुरु भएर वाँयाटारी, अलकादेवी, सिर्सेकोट मैदान डुम्रेभञ्ज्याङ, सिर्कोट, स्वरेक मैदान, अमलेहुँदै वालिङ सम्म ५० किलोमिटर वाईक र्यालीले स्थानीय पर्यटकीय स्थानहरुको अवलोकन तथा वृहत कार्यक्रम पनि आयोजना गरिएको छ ।