हिन्दु, क्रिष्चियन र मुश्लिमद्धारा शिविरको संयुक्त उद्घाटन
‘नेपाल भ्रमण वर्ष २०२०’ का सद्भावना दूत सदगुरु श्री शिवकृर्पानन्द स्वामीजी
भवानी अधिकारी
स्याङ्जा, १ असौज ।
समर्पण ध्यान योग केन्द्रले बुधवार पुतलीबजार नगरपालिकामा आठ दिने ध्यान शिविरको उद्घाटन भएको छ । शिविरको हिन्दु धर्मका गुरु हेमानन्द शर्मा, मुस्लिम धर्मका यसिन खान, ब्रम्हकुमारी बिश्व बिद्यालयका नेत्र भाई, क्रिष्यिन पार्षद सचिन थापाद्धारा संयुक्त रुपमा दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
नेपाल पर्यटन वोर्डद्धारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ का सद्भावना दूत सदगुरु श्री शिवकृर्पानन्द स्वामीजीका प्रवचन सहित योग शिविर सन्चालन हुने समर्पण ध्यान केन्द्रले जनाएको छ । ध्यान शिविर विहान ६ बजेदेखि ८ सम्म संचालन हुने जनाइएको छ । समर्पण ध्यान योग केन्द्रका संयोजक तुलसीराम रेग्मीले समर्पण ध्यान केन्द्र स्थापना, यसको महत्व सतगुरु श्री शिवकृपानन्द स्वामीको समर्पण ध्यान संग मानव जीवनको आवश्यकताबारे प्रकाश पारेका थिए। उनले समपर्ण ध्यान अनुभूतिमा आधारित निशुल्क समधर्म समभावको साथ जाती धर्म लिङ्ग भेद रहित छ र यो ध्यान पूर्णत निशुल्क गराउने बताए।
सतगुरु श्री शिवकृपानन्द स्वामीले नेपालको हिमालयवाट आत्मसाक्षत्कार प्राप्त गर्नुभई योग साधना र ध्यानको संस्कार अनि पद्दतीको वारेमा प्रवचन दिनुहुने संयोजक रेग्मीले जानकारी दिए ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी नगर प्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, साधक अरुण गुरुङ लगायतले योग शिविरले तन, मन र मस्तिष्क समेत स्वच्छ हुने बताउदै शिविरवाट सबैले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।