शाहसिक आँधिखोलमा जलयात्रा, सास्कृतिक कार्यक्रम र वाईक राइडिङ गर्दै
हिमदुत डक. कम
वालिङ, १ असौज
नेपाल सरकारले सन सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष लिएको छ । सरकारको अभियानलाई प्रवर्दन गर्न र स्थानीय पर्यटनको विकास गर्ने लक्ष्य लिएर वालिङ नगरपालिकामा क्रियाशिल वण्डरफूल वालिङ पर्यटन विकास संस्था वालिङले एक महिना विविध कार्यक्रम गर्ने भएको छ ।
स्मार्ट सिटीको प्रारम्भिक चरणमा रहेको वालिङ नगरपालिका र जिल्लाकै महत्वपूर्ण पर्यटकीय सम्भावना रहेका क्षेत्रको प्रचार प्रसार एवम् प्रवर्दन गर्ने उद्देश्यले विविध कार्यक्रमको आयोजना गरिएको आज वालिङ नगरपालिकाको सभाकक्षमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन् ।
?
नेपाल भ्रमण वर्ष २०२० संगै नेपाल सरकालले असौज २ गतेदेखि ४ गते सम्म तिन दिन संविधान दिवश तथा राष्ट्रिय दिवसको अवसर पारेर कार्यक्रमको उद्घाटन गरिने वण्डरफूल वालिङका कार्यवहाक अध्यक्ष तथा कार्यक्रम संयोजक आशिष प्रताप खाँणले पत्रकार सम्मेलनमा जानकारी गराए ।
खाँणका अनुसार असौज ३ र ४ गते दुई दिन आँधिखोलामा साहसिक जलयात्रा (¥याफटिङ) भिरकोट नगरपालिकाको हेलुदेखि वालिङ नगरपालिकाको वाँयाटारी सम्म सन्चालन गरिने आयोजकले जनाएका छन् ।
यसैगरी असौज १७ गते वालिङ खेलमैदानमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुद्धारा वृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सुरताल म्यूजिकल टुर २०७६ नाम दिइएको कार्यक्रममा समिर घिसिङ (VTEN), प्रकाश सपुत, विक्रम बराल (Live Band), चोलेन्द्र पौडेल, सन्तोष बस्याल, ववी सुनार, आकृति नेपाली (Dancer) लगायत अन्य कलाकारहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमको समापन तथा एकदिने वण्डरफूल वालिङ बाइक राइड २०१९ कार्यक्रम गरिने छ । जसको वालिङ खेलमैदानवाट सुरु भएर वाँयाटारी, अलकादेवी, सिर्सेकोट मैदान डुम्रेभञ्ज्याङ, सिर्कोट, स्वरेक मैदान, अमलेहुँदै वालिङ सम्म ५० किलोमिटर वाईक र्यालीले स्थानीय पर्यटकीय स्थानहरुको अवलोकन तथा वृहत कार्यक्रम पनि आयोजना गरिएको छ ।
‘वालिङ, प्रदेश देश अनि विदेश’ भन्ने मुख्य नारा लिएर गरिएको कार्यक्रममले नेपाल भ्रमण वर्ष २०२० मा आन्तरिक पर्यटकलाई पलिला देश अनि विदेश भ्रमण गर्न प्रेरणा मिल्ने आयोजक संस्थाका संयोजक खाँणको दावी रहेको छ । उनले यसले नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा ठूलो टेवा पुग्नुका साथै भिजिट नेपाल २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने वताएका छन ।
सो अवसरमा नेपालको लोक संस्कृति, भेषभुषा र जातजाति झल्काउने नाचगान तथा झाकी प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुद्वारा लाइभ ब्यान्ड तथा डीजेको प्रस्तुति ले कार्यक्रमको रौनकता अझै मजवुद हुने विश्वास व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङ नगरपालिकामा धार्मिक एवम् पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको प्रवर्दन मात्र नभइ आन्तरिक तथा वाह्य पर्यटकको आगमनवाट यहाँको आर्थिक विकासमा समेट टेवा पुग्ने वताएका थिए ।
कार्यक्रमका लागि नगरपालिका सहयात्री रहने उल्लेख गर्दै नेपाल सरकारले सन २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने अभियान, र यस वर्ष प्रदेश नं ५ को लुम्विनि भ्रमण वर्ष को अभियान समेत यस कार्यक्रमवाट प्रवर्दन हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले पर्यटन मुलुकको आर्थिक समृद्धिको आधार भएकाले यसको प्रवर्दन सबै पक्ष र समुदायले गर्नुपर्ने वताए । कार्यक्रम आशिष प्रताप खाँणको अध्यक्षता तथा सचिव गणेश राउतको सन्चालनमा सम्पन्न भएको थियो ।