स्याङजा– २९, भदौ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४ सयले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६ सयमा कारोवार भएको थियो ।