गल्याङ २९ भदौ ।
गल्याङ नगरपालिकाकी उपप्रमुख देवीसरा थापाले बालबालिका देश विकासको भविष्य रहेको वताएकी छन् । बालबालिकाको सर्वाङगिण विकास भएमात्र नयाँ नेपाल र सुखि नेपालीको सपना साकार हुने वताउदै उप प्रमुख थापाले उचित संस्कारको विकास र क्षमता अभिवृद्धि गर्दै उनीहरुको हक अधिकारप्रति जिम्मेवार रहन सबैलाई आग्रह गरेकी छन्।
बाल दिवसको अवसरमा नगरभित्रका उत्कृष्ट प्रधानाध्यापक, र शिक्षकलाई सम्मानकार्यक्रममा सम्वोधन गर्दै थापाले नगरभित्रका शिक्षा क्षेत्रको समग्र विकासलाई माथि उकास्न नगरपालिका लागि परेको वताउदै उनले नगरभित्रका बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउन विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको पनि जानकारी दिइन् ।
कार्यक्रममा गल्याङ वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराईले बालबालिकाको हक अधिकारका विषयमा आफुहरु सधै चनाखो भएर लागेको वताए ।
कार्यक्रममा वडा २ का वडा अध्यक्ष ईव कर्मचार्य, ११ का वडाअध्यक्ष शंकरदेव अधिकारी, १० का वडा अध्यक्ष ध्रुर्व शर्मा पंगेनी, नगर शिक्षा समितीका सदस्यद्धय ईन्दिरा लुईटेल, दान बहादुर थापा, चिराग अवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर खत्री, पकवादी भञ्याङ माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सरस्वती खनाल लगायतले शिक्षा क्षेत्रमा सुधार नभएसम्म नगरको विकास हुन नसक्ने बताएका थिए ।
यस्तै कार्यक्रममा सम्मानित प्रधानाध्यापकका तर्फबाट भेमला बराल र शिक्षकका तर्फबाट कोषराज बश्यालले शिक्षा क्षेत्रमा देखिएका कमी कमजोर हटाएर नगरको अब्बल विद्यालय बनाउने तर्फ लाग्ने वताए।
यसैबीच कार्यक्रममा शिक्षा दिवसको अवसर गल्याङ नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजेता हुने सम्पुर्ण विद्यार्थीलाई आज नगद र प्रमाणपत्र प्रदान गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा समितीका संयोजक राजेन्द्रदेव खनालले गरेका थिए । भने धन्यवाद ज्ञापन नगर शिक्षा समितीका प्रमुख केदारनाथ आर्चायले गरेका थिए ।