साधना न्यौपाने
गल्याङ २८ भदौ ।
गल्याङ उद्योग वाणिज्य संघको मत गणना सकिएको छ । संघको अध्यक्षमा वामपन्थी समूहका यज्ञप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले २ सय २५ मत प्राप्त गरी विजयी भएका छन भने निकटतम लोकतान्त्रिक समूहका धु्रव श्रेष्ठले २ सय १५ मत प्राप्त गरी पराजित भएका छन् ।
नयाँ कार्यसमितीमा भने अर्याल अल्पमतमा परेका छन् । लोकतान्त्रिक समूहले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष सहित ३ जना सदस्य प्राप्त गरेका छन भने वामपन्थी समूहवाट अध्यक्ष, कोषाध्यक्ष सहित २ सदस्य प्राप्त गरेको छ ।
प्रप्त नतिजा अनुसार लोकतान्त्रिक समूहको धुर्व श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदमा ईन्द्र प्रसाद अधिकारी २ सय ३२ मत प्राप्त गरी विजयी भएका छन भने उनको निकटतम हेमा कुमारी तमुले १ सय १८ मत प्राप्त गरेकी छन, उपाध्यक्षमा बाबुराम पाण्डेले २ सय १७ मत प्राप्त गरी विजयी भएका छन भन, उनका निकटतम विष्णूप्रसाद पाठकले २ सय ११ मत प्राप्त गरेका छन् । महासचिवमा कृष्ण प्रसाद भट्टराइले २ सय ७४ मत प्राप्त गरी विजयी भएका छन भने, निकटतम वामपन्थी प्यानलका रामप्रसाद सापकोटाले १ सय ५५ मत प्राप्त गरेका छन् । सचिवमा उमा श्रेष्ठले २ सय ५३ मत प्राप्त गरी विजयी भएकी छन भने, उनको निकटतम गणेश अधिकारीले १ सय ७५ मत प्राप्त गरेका छन । सह–कोषाध्यक्षमा होमलाल भट्टराईले २ सय २८ मत प्राप्त गरी विजयी भएका छन भने, उनको निकटतम दुर्गा वहादुर थापाले १ सय ९३ मत प्राप्त गरेका छन् ।
उता वामपन्थी समूहवाट कोषाध्यक्षमा बलराम श्रेष्ठले २ सय १४ मत प्राप्त गरी विजयी भएका छन भने, लोकतान्त्रिकका नेत्रलाल भूषाल २ सय ९ मत प्राप्त गरी पराजित भएका छन् ।
सदस्यहरुमा लोकतान्त्रिक प्यानलका गुम प्रसाद थापा २ सय ३६ मत, नर बहादुर गुरुङ २ सय २७ मत र ऋषि बश्याल २ सय १७ मत ल्याई निर्वाचित भएका छन् । यसैगरी वामपन्थी प्यानलवाट हुमकान्त पाठकले २ सय २२ मत र चिन्तामणी अर्यालले २ सय १७ मत ल्याई निर्वाचित भएकाछन् ।
संघको आज भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । जम्मा ४ सय ७० मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।