वर्षा पंगेनी
भिरकोट २८ भदौ ।
नेपाली काँग्रेस स्याङजाका पूर्व सभापती तथा पूर्व साँसद खगेन्द्रराज रेग्मीले नेपाली काँग्रेस बि.पि. कोइरालाले प्रतिपादन गरेको सिद्धान्त विपरित गएको आरोप लगाएका छन् । नेपाल तरुण दल भिरकोट नगर कार्यसमितीले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै रेग्मीले पार्टीका सबै तह र संगठन कमजोर भएको कारण हार बेहोर्नु परेको अवस्थामा बि.पि कोइरालाको मार्ग पच्छाएर भातृसंगठन देखि पार्टी संगठनमा जुट्ने हो भने पुरानै अवस्थामा फर्कन सक्ने वताएका छन् ।
वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको भन्दै रेग्मीले दुनियामा कम्युनिष्टहरू प्रजातन्त्रवादी हुँदैनन् भन्ने कुरा प्रमाणित भएको स्प्रष्ट पारे । रेग्मीले भने,‘अब वामपन्थी संग बिचारको द्वन्द गर्नु पर्छ ।’ केन्द्रिय नेतृत्व निष्कृय भएर बस्नु नहुने वताउदै रेग्मीले पार्टीले जागरण मात्र नभई दवाव मुलक कार्यक्रम जरूरी रहेको बताएका थिए ।
कार्यक्रममा कार्यक्रममा महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य, नगरसभापति तोयनाथ अर्याल, वडा नं. ५ का अध्यक्ष लक्ष्मण अधिकारी, अमृत अर्याल, सुनिल चापागाँई, अशोक केसी, भीमबहादुर थापा, केशर खत्रि, प्रसुन मगरलगायतले हाल सरकारले गरिरहेका जनविरोधी कामहरुको भण्डाफोर गर्न र आन्दोलनमा होमिन तयार रहेको जानकारी गराएका थिए । कार्यक्रममा तरुणदलका कार्यकर्ताहरुले पाटी नेतृत्वले स्थानीय तहको भातृ संगठनलाई मिलाएर लैजान सुझाव दिएका थिए ।
नेपाल तरुण दल भिरकोट नगर सभापति राज कुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव सुस्मिता गुरुङ ले सन्चालन गरेकी थिइन् । भने स्वागत तारा अर्यालले गरेका थिए ।