साधना न्यौपाने
गल्याङ, २७ भदौ ।
देशभर डेंगुको संक्रमण फैलिएपछि गल्याङ बहुमुखी क्याम्पस रेडक्रस सोसाइटी को आयोजनामा डेंगु रोग सम्वन्धी सचेतना कार्यक्रम सहित ¥याली गरिएको छ । सम्भावित महामारीको खतरालाई रोक्न र डेंगु रोगका लागि अपनाउनुपर्ने सावधानीका वारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखा, गल्याङ प्रहरी चौकी, जनप्रतिनिधि, गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्ले कार्ड सहित र्यालीले बजार परिक्रमा गरेको थियो ।
गल्याङ बहुमुखी क्याम्पसबाट सुरु भएको र्याली चापाकोट चोक, चिन्नेपानी टोल, नयाँ बजार, ठाडो लाईन हुदै पुनः क्याम्पसमा आएर कोणसभामा परिणत गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाका प्रमुख लक्ष्मण प्रसाद भट्टराईले डेंगु रोगबाट बच्न सवै सर्तक हुनुपर्ने बताए ।
उनले सरसफाईलाई मुख्य प्राथमिता दिन आग्रह गर्दे डेँगु विरुद्ध सचेतना अभियानलाई प्रभावकारी बनाउन सवैले साथ दिनुपर्ने बताए ।
कार्यक्रममा जगत्रदेवि स्वास्थ्य शाखाका प्रमुख गुनेन्द्र रानाले लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले सचेत हुनुपर्ने र कुनै समस्याहरु देखा परे तत्कालै चिकित्सकको सल्लाह लिनुपर्ने बताए ।
कार्यक्रममा गल्याङ नगर शिक्षा समितीका संयोजक राजेन्देव खनाल, गल्याङ बहुमुखी क्याम्पसका प्रमुख बालकृष्ण चापागाईले डेंगु रोगबाट बन्च सचेतना अभियानलाई प्रभावकारी रुपमा गाँउ गाँउ सम्म पनि पु¥याउनुपर्ने वताए ।
नेपाल रेडक्रस सोसाइटी गल्याङ बहुमुखी क्याम्पसका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव साधना न्यौपानेले गरेकी थिइन् ।
यस्तै गल्याङ नगरपाकिलाले डेंगु रोग विरुद्ध सचेतना कार्यक्रम नगरका प्रत्येक वडामा पनि सञ्चालन गर्ने भएको छ । डेंगु रोग सार्ने लामखुट्टेले प्लास्टिक, टायर, भाँडाकुडामा जमेको पानीमा अण्डा पार्ने एवं प्रजनन गर्ने भएकाले त्यस्तो जमेको पानीलाई सफा गर्ने, पानी जम्न नदिने जस्तो उपाय अपनाउनुपर्ने चिकित्सको सुझाव छ ।