भवानी अधिकारी
स्याङजा २६ भदौ ।
गण्डकी प्रदेश सार्वजनिक लेखा समितिको आयोजनामा स्याङजामा सुशासन प्रवर्दन र भ्रष्टाचार नियन्त्रण सम्बन्धी स्याङजा सदरमुकाममा बिहीवार अन्तर्क्रिया गरिएको छ ।
अन्र्तक्रियामा बोल्दै प्रतिनिधीसभा सदस्य अमृता थापाले भौतिक विकास एवं सामाजिक न्यायका लागि सुशासन आवश्यक रहने बताउदै राजनीतिक दल, नागरिक समाज र स्थानीयबासीबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी सिंहदरवारको अधिकारलाई गाउँ गाउँमा पुरयाउने सरकारको लक्ष्य बमोजिम सबै तह बीच सहकार्यगर्दै अघि बढ्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश बिद्यायन समिति सभापति मोहनप्रसाद रेग्मी, प्रदेश सदस्यद्धय मिनप्रसाद गुरुङ् र दिपक थापा, नेकपाका उदय श्रेष्ठ, नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, समाजवादी पाटी नेपालका अध्यक्ष ख्यामनारायण ढकाल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला लगायतले शुसासन कायम गर्दे भ्रष्टाचार नियन्त्रणका लागि आफैंबाट र आजबाटै सुरु गर्नु पर्ने बताउदै सभ्य र सुसस्कृत समाज निर्माणमा सबैको सहयोग आवश्यक रहनेमा जोड दिएका थिए ।
स्थानीय एवं जनप्रतिनिधी सहभागीले संसदीय अभ्यास स्थानीयतहदेखि हुनु पर्ने, सिंहदरवारको अधिकार स्थानीय तहमा भने पनि ब्यवहारमा लागु नभएको, स्वायत्त मानिएको स्थानीय तहसंग प्रदेश र संघका योजना ल्याईदा स्थानीय तहबीच किन समन्वय नहुने, नगरसभाले पास गरेर पठाएका योजना संघ र प्रदेशमा समावेश नगरिने, आर्थिक बर्षको अन्त्यतिर करोडौं रुपैया पठाईने , संघ र प्रदेशका योजनामा भूमिगत उपभोक्ता समिति गठन गरेर स्थानीय तहले निर्माण गरेका बाटाघाटा, पानीका पाईप, सिंचाई लगायतका विकास निर्माणलाई भत्काउदै झनै दुख दिने गरेको आरोप लगाउदै यस्ता कार्य तत्काल सच्चाउदै सुसासन कायम राख्न आग्रह गरिएको छ । साथै, अधिकांश बक्ताहरुले संघ र प्रदेशले हेपाहा ब्यवहार गर्ने गरेको बताए । आफनै तहमा करोड करोडका योजनाका काम हुन्छन । तर, आफुलाई भने केही जानकारी नै हुदैन । प्रदेश र संघद्धारा संचालित योजनाका बारेमा जानकार हुनु पर्ने उनीहरुको भनाई थियो ।
नेपाल सरकारद्धारा बितरण अनुदान रकमको निती बमोजिम वितरण एवं कार्य भए नभएको अनुगमन गर्ने उदेश्यले समिति स्याङजा आएर अन्र्तक्रिया गरेको हो । कृषिमा उपलब्ध गराएको अनुदानका बारेमा छड्के निरीक्षण गरिने सार्वजनिक लेखा उपसमितिका संयोजक एवं संसद मेखलाल श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक लेखा उपसमितिका संयोजक एवं संसदीय दलका उपनेता मेखलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले स्वागत एवं समितिका सदस्य एवं संसद जुना नेपालीले संचालन गरेकी थिइन् । अन्र्तक्रियामा जिल्लाका एघार स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकियहरुको सहभागिता थियो ।