?
वालिङ २३ भदौ ।
गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले प्रदेशले समय अनुसारको प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेको वताएका छन ।
“अबको शिक्षा ब्यवहारिक र जीवन उपयोगी हुनु आवश्यक छ” वालिङ नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतवार आयोजना गरेको कार्यक्रममा सांसद रेग्मीले भने, “प्राविधिक शिक्षा र जीवन उपयोगी शिक्षालाई जोड दिने नीति गण्डकी प्रदेशले लिएको छ ।”
वालिङ नगरपालिकाले शिक्षा दिवसका अवसरमा आइतवारआयोजना गरेको बृहत खालको कार्यक्रमबाट पनि वालिङ नगरपालिका शैक्षिक क्षेत्रमा अगाडि छ भन्ने पुष्टि गरेको सांसद रेग्मीले बताए ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले शिक्षा दिवसलाई प्रत्येक वर्ष आउने उत्सव ९चार्ड० को रुपमा अगाडि बढाउने बताए ।
“मानव जीवनको महत्वपूर्ण पक्ष शिक्षा हो” नगर प्रमुख खाँणले भने, “नगरपालिकाले यही कुरालाई मनन गरेर शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर योजनाहरु बनाउँदै दिवसलाई चाडको रुपमा विकसित गर्छौं ।”
नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विना भेदभाव ढंगले नगरको शैक्षिक गतिविधिलाई अगाडि बढाउँदै वालिङलाई शैक्षिक हवकोरुपमा विकास गर्ने योजना नगरपालिकाको रहेको हुँदा सबै एकजुट हुन पनि आग्रह गरे ।
कार्यक्रममा नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य टिकाराम रेग्मी, राप्रपाका द्रोणबहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य यामबहादुर कुँवर, नेपाल शिक्षकका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन स्याङ्जाका जिल्ला अध्यक्ष पूर्णबहादुर थापा, रणबीर जनहित माध्यमिक विद्यालयका छात्रा मेनुका हमाल, पाईनिअज हायर बोर्डिङ स्कूलका छात्र कृष गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नगरस्तरीय गायन तथा नृत्य प्रतियोगितामा बालविद्या विकास बोर्डिङ स्कूल प्रथम, नेपाल आदर्श बोर्डिङ स्कूल द्वितीय र भुम्रे माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेका थिए ।
?
त्यस्तैगरी १८ वटा विद्यालयको सहभागिता रहेको ¥यालीतर्फ बालविद्या विकास बोर्डिङ स्कूल प्रथम, राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय र नेपाल आदर्श बोर्डिङ स्कूल तृतीय भई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।
सोही समारोहमा लामो समयसम्म शैक्षिक क्रियाकलापमा सहभागी भई अवकास प्राप्त तीन जना शिक्षकहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने एसईई, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गरेका थिए ।