भिरकोट १८ भदौ ।
राजेन्द्र भवानी युवा क्लब भिरकोट नगरपालिका वाड नं ५ मा आयोजना गरिएको अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा आँधीखोला पिस यूथ क्लव बयरघारी प्रथम भएको छ । भने राजेन्द्र भवानी क्लव दित्तिय र तारापुञ्ज यूवा क्लव साउन्दी तितृय भएका छन ।
समापन कार्यक्रमका प्रमुख अतिथी भिरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले विजयी खेलाडीलाई वधाइ दिदैं खेलकुदको बिकासवाट मानव जीवन स्वास्थ्य मात्र नभई गाँउ र नगरको बिकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
वडा अध्यक्ष अधिकारीले भलिवल खेल अहिले शहरमा भन्दा गाँउमा प्रख्यात रहेको उल्लेख गर्दै गाँउका खेलाडीलाई राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेर अबसर दिन सके उत्कृष्ठ खेलाडी राष्ट्रकै लागि उत्पादन हुनसक्ने वताएका थिए ।